Saturday, January 16, 2021
Home > mophosala > बाडी र पहिरो पीडितलाई सहयोग गर्दै जन संपर्क समिती आयरल्याण्डले सम्झियो वि पी

बाडी र पहिरो पीडितलाई सहयोग गर्दै जन संपर्क समिती आयरल्याण्डले सम्झियो वि पी

आयरल्याण्डले । नेपाली जनसम्पर्क समिती आयरल्याण्डले आज नेपाली राजनितीका शिखर पुरुष, महामानव बिपी कोईराला को स्मृतीमा वि पी , समाजवाद र राष्टियता विषयक एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ।

कोरोना महामारीका कारण भौतिक रुपमा उपस्तिथ भएर कार्यक्रम गर्न असंभव भएकाले प्रविधीको प्रयोग गर्दै जुम मिटिंग द्वारा हालैको बाडी र पहिरोका कारण नेपालका विभिन्न ठाउहरुमा पुर्याएको जनधनको क्षती प्रती दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गर्दै वि पी कोईराला लाई स्मरण गरेको हाे।

नेपाली जनसम्पर्क समिती आयरल्याण्डका पदाधिकारी तथा सल्लाहकार र समितीले वि पी ,समाजवाद र वर्तमान नेतृत्व र कांग्रेसको आगामी बाटोको बारेमा आ-आफ्ना बिचार ब्यक्त गर्दै महामानव वि पी कोईरालाको स्मृतीमा उनि प्रती हार्दिक श्रदान्जली अर्पण गरेका हुन्।

नेपाली जनसम्पर्क समिती आयरल्याण्डका काबा सभापती लक्ष्मी सापकोटाको सभापतित्व र संस्थापक अध्यक्ष एवं गैर आवासीय नेपाली संघ यूरोप उप संयोजक शुक्रराज न्यौपानेको प्रमुख आथित्यमा सम्पन्न भयकाे हाे ।

उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिती आयरल्याण्डका सल्हकार एवं गैर आवासीय नेपाली संघका अंन्तर्राष्ट्रीय समिती सदस्य विनोद कार्की , जन संपर्क समितीका सलाहकार एवं एन आर एन आयरल्याण्डका निवर्तमान अधक्ष्य नवराज कोइराला जन संपर्क समिती आयरल्याण्डका नेता अमृत जोशी , गैर आवासीय नेपाली संघ यू के का उपाध्यक्ष नारायण कंडेल, आयरल्याण्डका कोषाध्यक्ष सुमन गुरुङ , नेपाली समाज बेल्फस्टका पूर्व अध्यक्ष लिलाराम न्नयुरे लगायतका व्यक्ती हरुले वि पी को बारेमा आफ्ना भनाइहरु राखेका थिए ।

कार्यक्रममा आफ्नो भनाई राख्नु हुदै प्रमुख अथिति एन आर एन युरोप उप संयोजक एवं जन संपर्क समिती आयरल्याण्डका संस्थापक अधक्ष्य शुक्रराज न्यौपानेले भन्नु भयो वि पी को मार्ग निर्देशन खाली कागजको पन्नामा उतार्दैमा मात्र नपुग्ने र वास्तबिक रूपमा सबैले अनुसरण गर्न सकेमा मात्रै पार्टी देश र जनताले सकरात्मक अनुभुति गर्न सक्ने भन्दै आज ३८ स्मीर्ती दिवस सम्म आई पुग्दा पनी वि पी का विचारहरु अज समय सान्दर्विक बन्दै गैरहेको र पार्टीको साखलाई जोगाई राख्ने तर्फ इंग्गीत गर्दै अझ बढी कांग्रेसका नेताहरुले उनको पदचापलाई पछ्याउनु जरूरी रहेको बताए।

कार्यक्रम नेपाली जनसम्पर्क समिती आयरल्याण्डका महामन्त्री प्रकाश सापकोटाले संचालन गरेका थिए । कार्यक्रम लगतै बसेको कार्यसमिती को बैठकले नेपालमा बाडी र पहिरो पीडितको सहयोग स्वरूप पार्टी जिल्ला समिती मार्फत पीडित सम्म पुर्याउने गरी सिन्धुपाल्चोक र म्याग्दी लाई एक एक लाख रुपैंया तथा बागलुङ र कास्की लाई पचास / पचास हजार उपलब्ध गराउने निर्णय गरेकोे थियाे ।

Leave a Reply