Tuesday, January 26, 2021
Home > mophosala > धिक्कार छ दुईतिहाइ भन्दै कम्युनिस्ट मेयरले गरिन् राजिनामा घोषणा

धिक्कार छ दुईतिहाइ भन्दै कम्युनिस्ट मेयरले गरिन् राजिनामा घोषणा

काठमाडौं- कम्युनिस्ट सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै  उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।

बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै जनतासँग माफी माग्दै पद पार्टीलाई हस्तान्तरण गर्ने जानकारी गराएकी हुन्।

उनले फेसबुुकमा लेखेकी छन्, ‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। कालो कर्तुतहरूका विषयमा कार्यान्वयन हुँदैन। धिक्कार छ, दुईतिहाइ सरकार ’ चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी हुन्।

स्रोतका अनुसार नगरपालिकामा कर्मचारीको विषयमा विवाद भएको छ।

Leave a Reply