Thursday, January 21, 2021
Home > mophosala > नेपाली जनसम्पर्क समिती स्पेनले मनायाे ३८औं वि पी स्मृती दिवस

नेपाली जनसम्पर्क समिती स्पेनले मनायाे ३८औं वि पी स्मृती दिवस

स्पेन । नेपाली जनसम्पर्क समिती स्पेन नेपाली राजनितीका शिखर पुरुष, महामानव वि पी कोईराला को स्मृतीमा वि पी र समाजवाद बिषयक एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ।

कोरोना महामारी को कारण कार्यक्रम भौतिक रुपमा उपस्थित भइ कार्यक्रमगर्न असंभव भएकाले नयाँ प्रविधी लाई प्रयोग गर्दै जुम मिटिंग द्वारा वि पी कोईराला लाई स्मरण गरेकाे हाे।

नेपाली जनसम्पर्क समिती स्पेनका अध्यक्ष श्री इन्द्र प्रसाद शर्मा को सभापतित्व र नेपाली काङ्ग्रेस का केन्द्रिय सदस्य तथा जन सम्पर्क समन्वय विभाग प्रमुख गोबिन्द्व भट्टराई को प्रमुख आथित्यमा सम्पन्न गरेकाे छ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष पुष्प भन्डारी र एकराज गिरि निवर्तमान अध्यक्ष सालिकराम डुम्रे विशेष अथिति र सँस्थाका सल्लाहकारहरु कार्यसमिती पधाधिकरी तथा सदस्यहरु मेडिट क्षेत्र बाट रामकृष्ण पुडासैनी र भाइस पस्को क्षेत्रबाट तुल्सी गुरुङ केन्द्रीय सभा सदस्य बेलायत बाट विनोद अधिकरी को उपस्थिति रहेकाे अध्यक्ष श्री इन्द्र प्रसाद शर्माले पलपलखवरलाइ जानकारी दिए।

उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिती स्पेनका उपाध्यक्ष प्रकाश भट्टराईले उपस्थित सम्पुणलाइ स्वागत गर्नु भएको थियो भने महामन्त्री को कार्यव्यस्थताले सँस्था का प्रबक्ता लक्ष्मण खत्रीले सन्चालन गर्नु भयको थियो।

कार्यक्रम का बक्ताहरुले वि पी ,समाजवाद र वर्तमान नेतृत्व र कांग्रेसको आगामी बाटोको बारेमा आ-आफ्ना बिचार ब्यक्त गर्दै महामानव वि पी कोईरालाको स्मृतीमा उहाँ प्रती हार्दिक श्रदान्जली अर्पण गरि कार्यक्रम को समपन गरिएको थियो ।

Leave a Reply