Friday, January 15, 2021
Home > mophosala > ‘माधव नेपाललाई छोडेर प्रचण्डले अलग्गै सहमति गर्नुहुन्न’

‘माधव नेपाललाई छोडेर प्रचण्डले अलग्गै सहमति गर्नुहुन्न’

नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति सदस्य मात्रिका यादवले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल सँगै रहेको दाबी गरेका छन्।

सेतोपाटीसँग कुराकानी गर्दै स्थायी समिति सदस्य यादवले प्रचण्ड र नेपालका बीचमा कुनै मनमुटाव नरहेको समेत बताए।

‘प्रचण्डले माधव नेपाललाई छोडेर अलग्गै सहमति गर्नुहुन्न। दुई जना छलफल गरेर सहमतिका साथ अगाडि बढ्नुहुन्छ,’उनले भने,’अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले सकभर पार्टी नफुटोस् भनेर नै यस्तो भएको हो। दुई जना बीचको सम्बन्ध धर्मराएको छैन। विश्वास कायमै छ।’

उनले एकताको प्रस्तावक प्रचण्ड भएकाले प्रचण्डको प्रयास यसकै लागि भएको बताए।

अहिलेसम्म पार्टीमा कुनै सहमति नभएको भन्दै यादवले प्रचण्ड एक्लैले सहमति नगर्ने समेत बताए।

‘मंसिरमा महाधिवशेन गरौं भन्ने प्रस्तावलाई छलफलमा लैजाऊँ भनेर मात्रै प्रचण्डले भन्नुभएको हो। अहिले युद्धविराम मात्रै भएको हो। असहमति कायमै छ,’उनले भने,’अब दुई जनाले गर्दैमा सहमति हुन्छ भन्ने मान्यता ब्रेक भइसकेको छ।’

उनले स्थायी समितिको बैठकले नै सबै निर्णय गर्ने र त्यसलाई सबैले स्वीकार्नु पर्ने बताए।

यो पनि :

दुई अध्यक्षको चोचोमोचो मिलेर मात्र हुन्न, म राष्ट्रव्यापी कार्यकर्ता भेला गरेर बहस चलाउन सक्छु: माधव नेपाल

सेताेपाटिबाट साभार

Leave a Reply