Friday, January 22, 2021
Home > mophosala > ११ बजेकालागी बाेलायकाे नेकपा स्थायी समिति बैठक ३ बजेसम्मका लागि स्थगित

११ बजेकालागी बाेलायकाे नेकपा स्थायी समिति बैठक ३ बजेसम्मका लागि स्थगित

काठमाडौं । नेताहरूकाे सहमती पस्चात शुक्रवार विहान ११ बजेका लागी बाेलाइएकाे नेकपाको स्थायी कमिटी बैठक आजै ३ बजेसम्मका लागि स्थगित भएको छ ।

विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मक लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य सुर्य थापाले केहीबेर अघिमात्रै जानकारी गराएका छन् ।

विहान ११ बजेको स्थायी समितिका लागि अधिकांश स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगेका थिए ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलका लागि समय अभाव भएपछि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको थापाले जानकारी दिए ।

अहिले बालुवाटारमा ओली प्रचण्डबीच वार्ता जारी छ ।

Leave a Reply