घाेडाघाेडी नगरपालिकामा स्थायी घर भै हाल काठमाडौंमा कार्यरत नेपाल प्रहरीका SI नेत्र बहादुर शाहिको आर्थिक सहयोगमा क्वारेन्टाइन मा खाजा तथा पानी वितरण गरिएको छ । घोडाघाेडी नगरपालिका अन्तर्गत वडा नम्बर १ स्थित कालिका आधारभूत विद्यालय र छडी माध्यमिक विद्यालयमा राखिएका १सय १ जनालाई स्थानीय युवा क्लबको समन्वयमा खाजा स्वरूप चना, अन्डा र पानी वितरण गरिएको हो । आफ्नो गृह क्षेत्रमा क्वारेन्टाइन को बसाई गरिरहेका मानिसहरूलाई यो संकटका बेलामा प्रत्यक्ष सहभागीमुलक सहयोग गर्न नपाएपनी आफुले केही रकम पठाई सहयोग गर्ने आग्रहमा स्थानीय सरकार र युवा क्लबले शाहिको आग्रहलाई सम्मान गर्दै खाजा वितरण गरिएको हो । 
सधैं सकारात्मक र सहयोगी बिचार व्यक्त गर्ने शाही ले आफुले गर्न पाएको यो सानो सहयोग ले ठुलो उपलब्धि नभएतापनी आफुले सामाजिक उत्तरदायित्व महसुस गरेको बताए । उनले देश नै महामारीको जटिल संकटमा परिरहेको बेला एक अर्काको आलोचना गर्न छोडेर सबैलाई हातेमालो गर्दै सहयोगमा जुट्न समेत आग्रह गरेका छन । प्रहरी नायव निरीक्षक शाही को सहयोगलाई सम्मान गर्दै स्थानीय तथा युवा क्लब लगायत क्वारेन्टाइनमा बस्नेहरूले समेत धन्यवाद व्यक्त गरेका छन ।