अक्कल झुक्कल मात्र देखेको हो उनलाई,
खासै भेट नभएको,
तर नि खै किन हो किन,
वर्षौं देखि देखिरहेको, बोलिरहेको र
सुखदुःख, रमाइला हरेक कुरा साटीरहेको लाग्छ ।
उफ त्यो कपाल,
उफ त्यो हावा,
बढो चलाखी पुर्ब उडाउने गर्छ,
उफ अन्दाज उनको सोलोमोसनको लहरमा चलेझै लाग्छ।
लाग्न त के लाग्छ के, अनुवाद्का त्यि प्रतिवाद नि लाग्छन,
प्राय म आफू लाई लुकाइ उनलाई हेर्थे,
झ्यालबाट उनी हिडेको दृश्य संगै पाएलका आवाज मनमा सेट गर्थे,
जो बारम्बार रिप्ले गर्दै म मुस्कुराउथे
अनि कताकता लजाउथे ।
एकचोटी होक्या साच्चै भेटिएकी उनी,
सेताम्मे पोसाकमा सजिएकि,
नपहिएता पनि गलाभरी ओठमा मुस्कान यथावत राखेकि,
बरु मेरा भावहरु डुबेका थिए क्या राता रंग भरी,
अनुहारनै रातो भयो देख्दा उनलाई मेरो अघि,
तर आजभोलि लजाउदैन मुहार मेरो,
बरु कहिलेकाही देख भेट हुन्छ,
उनको र मेरो मनको ।