केशब खड्का
मान्छेहरु बदलीरहेछन समय जसरी
कारण गर्न सकिएन जयजय जसरी ।
म ति मान्छेहरुको सुचिमा पर्नै सक्दिन
जो सिपालु छन मिलाउन लय जसरी ।
तिमिले बिर्सि सकेको हुनुपर्छ ति दिन,
जुन वेला गोजिमा परेन सय जसरी ।
आफ्ना भन्नेहरु खहरे जस्तैे हुनेरहेछन
आएका हुन ठिक त्यसै गरी गए जसरी ।
नहुनुहोस मित्र कहील्यै उदास नहुनुहोस
मनमा उर्लिरहन्छन सधै भय जसरी ।