पुष्पा तिमिल्सिनाको कविता “इतिहास हेर्दा”
आजकलको आक्रान्त माहोलमा
म आफ्नो मोबाइलको स्क्रिन हेर्छु
कतै म मेरो लाचार सरकार देख्छु
अनि कतै जन आक्रोश देख्छु
कतै छिमेकी सञ्चार माध्यमको हेपाइ
अनि कतै नेपाली सञ्चार माध्यमको ब्यग्रता
,म छिमेकीको मनमा रहेको
मेरो देश प्रतिको दुर्भावना देख्छु
हो
सन्दर्भ उही हो
सन्दर्भ हो कालापानीको
सन्दर्भ लिपुलेक अनि
सन्दर्भ लिम्पियाधुराको
सन्दर्भ मिनेन्द्र अनि मनिषाको
जसले एउटा धारणा प्रस्तुत गर्छ
एउटा तस्वीर देखाउछ अनि
छिमेकीको कृतध्नता प्रष्ट्याउछ
हो
हो म त्यही कुरा गर्छु
बर्षौ अघि मेरो देशले
उसको थकित सेनालाई थकाइमार्न
आफ्नो भूमिमा शरण दिएको
हो म ठ्याक्कै त्यही कुरा गर्छु
मेरो भूमिमाथी छिमेकीको गिद्धे दृष्टि
अनि उसले चुहाएको रालको कुरा गर्छु
तीन करोड गोर्खालीको देश हो
सहने छैनन भूमिको हरणलाई र आँचलाइ
इतिहास पल्टाएर हेर्दा हुन्छ
सुगौली सन्धिको धारा पाँचलाई
अनि फर्केर हेर
गौरवमयी गोर्खाली इतिहासलाई
मैले सम्झेको छु
मैले सम्झेको छु त्यो इतिहासलाई
सम्झेको छु वडाकाजिले लगाएको
टाउको छुट्टीएको लासको रासलाइ
सम्झेको छु कलिलो बलभद्रको आँट
अनि बूढो भक्ती थापाको साहसलाई
सम्झेको छु बिश्वभर फैलिएको
निडर गोर्खालीको ख्याति र शानलाइ
अनि बिश्व गुलाम बनिरहेको बेला
झुक्दै नझुकेको नेपाली स्वभिमानलाइ
त्यसैले
त्यसैले नराख आश कालापानीको
बिर्सेका छैनौ ताजै छ सीप नालापानीको
थन्किएका खुकुरीमा धार लाउन सक्छौ
भूमि लुट्न खोज्नेलाई पार लाउन सक्छौ
सुस्मा पौड्यालको चित्र :-