जेष्ठ १२ जाजरकोट, नेपाली काग्रेसका नेता तथा जाजरकोटका पूर्वसांसद राजिव बिक्रम शाहले मिति २०७७/०२/१० मा पश्चिम रूकुम स्थीत चौरजहारी न.पा. वडा न।८ सोतिमा घटेको अमानविय र क्रृर घटनाका पिडीतलाइ न्याय र पिडकलाइ सजायको माग गर्दै त्यस्का लागी आफु हरदम लागीपर्ने बताएका छन ।
विभिन्न सञ्चार माध्यमहरूमा पश्चिम रूकुम चौरजहारि निबासि केटि तथा जाजरकोट निबास केटा बिच अन्तरजातिय प्रेम सम्बन्ध रहि आएको र सोहि कुरामा दुई पक्षिय बिच झडप भई केटा नवराज बि क तथा उनिसगै गएका अर्का दुई युवकको मृत्यु भई अन्य ३ जना हराईरहेको भन्ने खबरहरू सम्प्रेशन भईरहेकोमा आफनो ध्यानाकर्षण भएको भन्दै उक्त घटना अत्यन्त निन्दनिय तथा मानवता बिरोधि रहेको धारणा शाहको छ ।
मुलुकले जातिय छुवाछुतलाई अपराध मानिसकेको २१ औं शताब्दिको युगमा बाचिरहेका मानवहरुका लागी यस्ता घटनाले अत्यन्त दुखित र लज्जित बनाउने भन्दै जातका कारणले कोहि कसैले कुनैपनि अपमान र तिरस्कार सहनु नपर्ने र प्रेमसम्बन्धलाई लिएर यो घटना घटाइएको तथा निर्बाचित जनप्रतिनिधि समेत यस्मा सम्लग्न हुनु अत्यन्त पाशविक र अपराधिक भएको उनको ठहर छ ।
पुर्ब सांसद शाहले उक्त घटनाका मृतकप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै हराईरहेकाहरूको उद्वार तथा घटनाको निष्पक्षियरूपमा सत्य तथ्य पत्ता लगाइ दोषीमाथी कडा भन्दा कडा कार्वाही गर्न सरकारसग माग गरेका छन । साथै घटनालाई कुनै किसिमले विभिन्न रङ दिने र दोषिलाइ उन्मुक्ति दिन काम नहोस भन्दै खबरदारि समेत गरेका छन ।