Friday, January 22, 2021
Home > प्रवास > “हिजो आज र भोलि “ : शैलु अधिकारी

“हिजो आज र भोलि “ : शैलु अधिकारी

“हिजो आज र भोलि “

“हिजो” ले “भोलि” संग घमंड गरेछ रे,
मेरो तुलनामा तेरो अस्तित्व कहॉ छ रे?

म त ईतिहास, तं शिर्फ सपना
म बिना त तेरो हुदैन कुनै कल्पना

भोलि पो के कम थियो र,
बितेको कुराको कसलाई के डर छ र?

यो दूनियॉ देखेको छस्, सबैलाई मात्र मेरो ध्याउन्न ,
मेरो लागि सोच्दा सोच्दै, मान्छे जिउन त भ्याउन्न ।

यी दुईको झगडाले “आज” किं कर्तव्य बिमूढ छ,
पछि फर्के तीतो सत्य, अघि हेरे मिठो सपना छ।

हिजो र भोलि को भौतिक अस्तित्व छैन, ता पनि कति तोड़ छ,
वास्तविक धरातल त आज नै हो, “आज” ले नै जोड़छ ।

हिजो र भोलि को झगडामा आज मान्छे दुविधा मा छ,
कस्तो भूतबाट आएको मान्छे, भोलि के हुने भन्ने धून मा छ /

अब म सोध्छु तपाईंलाई, तपाईको मनमा के छ?
आज बिर्सेर हिजो र भोलिको कुरा गर्नु नै बेकार छ/

शैलेन्द्र अधिकारी -शैलु
कोपेनहेगन, डेनमार्क
२४ अप्रिल २०२०
( कबि शैलेन्द्र अधिकारी एन आर एन ए डेनमार्कका महासचिब हुन)

Leave a Reply