Sunday, January 17, 2021
Home > mophosala > लकडाउन, मेरो गाउ अनी कान्छा दाई! – राधा आचार्य अधिकारी

लकडाउन, मेरो गाउ अनी कान्छा दाई! – राधा आचार्य अधिकारी

लकडाउनले काठमान्डुको लामो बसाइ छोडेर एक हप्तामा सबै शान्त हुन्छ र फेरी काठमान्डु फर्कने मेरो सपना सबै भताभुङ्ग पारिदियो। हुँदा हुँदा यो त महिनौ लाग्ने देखियो। धन्न नानी बाबुको परिक्षा सकिएको थियो र अली न्यास्रो लागेको छैन। जे होस एक कुरा त राम्रै भयो तिमी मेरो बुढी आमा, मलाई दसैंमा, पुर्णिमा टिका लगाएर दक्षिणा ति आबै हरु सबैको मुहार देख्ने र आशिर्बाद लिने मौका मिल्यो।

एती मात्र कहाँ हो र? मेरो बाल्यकालमा म सँग रमाउने ति खोलानाला सुसाएका छ्न कि सुके होलान? ति तिजु र औसलुका बोटहरु, ति काफलको बोटमा बसेर गीत गाउँने कोईली चरी कहाँ छिन् होला? यि प्रश्न म घर जोडीए पनि मन नजोडीएका, भवन ठुला भए पनि मन साना भएका मान्छेहरुको बिचमा बसेर प्राय सोचिरहन्थे। हिजो आमा सङै त्यही बसमा दाउरा काटन जाने मौका मिल्यो। तो झनझनाउने झरना सुकेका थिए, जंगल झाडी भएको थियो, टारिका खेट झिरै झिरा हुनेगरी बाझिएका थिए।

स्कुल जादा सङै काँक्रो र बेलौती चोरेका साथीहरु आज आफ्नै सन्सार मा मस्त हुँदै थिए होला। तर वारि पारी गाउँका बुबाआमा कसैको स्वर्ग बास भैसक्यो, कोहि डाडामाथिको डुब्न लागेको घाम झै हुनुभएको छ। छोरा प्रदेश मै छन। बुहारी २ बर्सिय बच्चा पढाउने बाहनामा घरको गोरस छोडेर बजारमा बसेर पाउडर दुध पिलाउदै छिन। बाबू आमा एक्लै हुनुहुन्छ। जसोतसो पानी उमालेर जाउलो पकाएर खादै हुनुहुन्छ। म पनि उहाहरुलाई भेटन र आफ्नो हजुरबुबा आमाको झजल्को मेटन उहाहरुको घरघरमा पुग्ने मौका मिलाए। सजिलै चिन्नसक्नु हुन्न उहाहरु। मलाई ! किन आँखा कमजोर भईसके, कान लगभग बिराना जस्तै। हुन पनि हुने भो हुर्किदै गएका हामी अनि शारिरिक रुपले अ-स्वस्थ्य भएको उहाहरुको बृद्धअबश्था।

म आफ्नो बाल्यकालको परिचय दिदै जान्थे उहाहरुले ए तं राधा पो होस भन्दै, नाकको नथ्थ बजाउनु हुन्थियो। उहाहरुको एउटै गुनासो थियो कि तिमीहरु पछी गाउ नै शुन्य भयो, अहिले तिजमा मादल बज्दैनन, बिहेमा टोपरी उन्दैनन।तिहारमा बासुरी फुक्दैनन ! तर त्यो पारी को खर्यानमा तिमिहरुले गाएको गित अझै कानमा गुन्जिदै छन ,धेरै भयो तेसपछी ती गित कसैले गाएको सुन्ने मौका मिलेको छैन भन्नु भयो मेरो आशु बग्न बाट रोक्न सकिन।

दोबाटो बाटो मोडे जस्तै कुराले अर्कै मोड लियो। साच्चै छोराछोरी कति छन ? कस्ता छन तिमी जस्तै छन की? शहरको हावा लागेको छ? लिएर आएको भए नातिनातिना को मुख हेर्न हुनिथियो। लुकाएर आइछौ। अब त कति बाचिएलार भन्दै सुईया ओठ बजाउनु भयो। आयौ बा खुसी लाग्यो अझै खुसी भए। भाग्यमानी छौ। निरोगी भए छोराछोरिलाई आफू बाट धेरै टाडा जान नदिनु त्यो घाउले सारै दुख दिन्छ भन्दै आशिर्बाद सङै गुनासो पनि थप्नु भयो। मैले : न आत्तिनुस सबै ठिक हुन्छ यो उमेरमा चिन्ता लिनु राम्रो हैन आफ्नो गोरेटो पाइला सारे।

केही पर गएर म मेरै आफन्तिको घरमा बास बस्ने अबसर मिल्यो। त्यहा पनि त्यस्तै पिडा! छोराछोरी 6/7 जना थिए “तर चुलो र मुल चौका सधैं सुनसान”छोरी हाम्रो सस्कार अनुसार बिहे गरेर अर्कैको घर गईसकेका थिए तर ,,छोरा प्रदेस अनी बुहारी सहर पसेका थिए। अहिले त धुरी खाबोलाई हेरेर दिन रात बिताईरहेका ति बुढाबुढी मात्र। आज एक दिन भएनी होला भनी भान्सा मा पसी खाना बनाए अनी चुलो चौको गरी बैठकमा सुत्न गए। ठूलो घर ठूलो कोठा बजेजस्तो भान भयो निदाउन खोजे निन्द्रा लागेन! यता उता फर्किए कति बेला आँखा लागेछ याद गरिन! बिहान उठेर हात मुख धोई तुलसिको मठ मा तुलासी पानी राखे अनी चिया बनाए। सबैले सँगै पिईयो अनी म निस्किए।

घर जादै गर्दा बाटोको पसलमा सामान लैजान पसे। गाउको पसल नुन देखी मदिरा सम्म टन्न हुन्छ हो। त्यही बिहानै पुगेका कान्छा दाइको टोपी माथि मेरो नजर गयो। कान्छादाई नमस्कार । ओहो राधा नमस्कार के छ तिम्रो खबर कहिले आयौ? गन्थनमथन शुरु भयो। शहर बाट आएकी भनेशी चिया खाने कुरो भयो, मैले दाईलाई चिया पिउनु दाई भने तर दाइले म त यस्ता च्या खानी मान्छे हैन भन्दै बाबू मलाई एक गिलास देउ है भन्नुभयो! उहाले स्वाट्ट गिलास खालि गर्नुभयो म हेरिरहे निरीह भएर। ए बाबू ! अर्को गिलास हालत 😉 अनि मुख खोले। के हो दाई बिहानै एस्तो? दाई तपाईको त्यो पुरानो बानी अझै छुटाउनु भएको छैन है?मैले प्रश्न गरे ! के भन्छिन यो कान्छिले मेरो त संसार यहि हो भनेर खिस्स हास्नुभयो । अनि मैले कुरो मोडे। अनि दाइ कस्तो छ त हजुर कमाई ? मैले कहिले कमाइनर ? दिनको एकहजार ज्याला लिन्छु तीन पटक खाएर अनि सय रुपैयाको रक्सी !! ओहो !! राम्रो रैछ कमाई लगभग पन्द्र सय दुई हजार को कमाई हुदोरैछ राम्रै प्रगती गर्नुभएको रहेछ । मैले यति नभन्दै उहाको गिलासमा फेरि तेस्रो घुटको अमृत ले भरियो। बिहानको खाली पेट त्यो अमृत को खुराक उहालाई झ्याम्म लागेजस्तो लाग्यो । हाम्रो ठाउको चलन अनुसार अलीकती पैसा कमाएपछी तराई वा बजार तिर जग्गा जोडने हाम्रो नितिलाई सोच्दै मैले भने! दाइ कहाँ किन्नु भएको छ त घडेरी ?? उहाँ फेरि मस्किदै भन्नु भयो किन चाहियो घडेरी? छोराले स्वास्नी टिपेर हिडे मलाई यहि पुग्छ। न मलाई तिनको कमाई खानु पर्छ नत तिनिहरुको आसा छ। दाईले ४ गिलास स्वाट्ट पारेको बिहानिको त्यो पल म काठमाण्डु हुन्थे भने पुजा गरि योगा गर्ने समय भएको थियो तर दाई तिन्फितिन भए। फेरी एक स्वाट पारेर दाइ खुटा लर्खराउदै बाहिर निस्किए अनि बोकेर आएको डोको (थुन्चे) भित्र पाच लिटरको ग्यालेन निकालेर त्यही अमृत भरी पारेर एक प्याकेट बिजुली चुरोट ५० रुपैयामा किनेर एक खिल्ली निकालेर चुस्स आगो लगाए।

अब असह्या भयो मलाई म बाहिर निस्किन लागे !! पसले दाईले हिसाब गर्दै भने दाइ आजको पाँच सय तीस भयो ! अनि पुरानो छ हजार कहिले ? अब त्यो पनि दिनुस है! ती दाइको जबाफ आयो आजभोली काम चलेको छैन काम चलेपछी पैसा आएसी दिन्छु। तिम्रो पैसा मैले नतिरेर कस्ले तिर्दिन्छ ? उन्को ठाडो जबाफ मा पसले निरीह पाराले सुनिरहे। तेसै क्रममा म घरतर्फ फर्किए । फर्किदा बाटोमा उनै कान्छा दाईको श्रीमती मैले भाउजू भन्नू पर्ने झर्लक्क भेट भयो । ओहो भाउजू नमस्कार। ए बा मैयाँ आउनु भएको कहिले आउनु भयो ? म त पन्ध्र दिन हुन लाग्यो मैले भने के छ भाउजू आरामै हुनुहुन्छ ? निकै मोटाउनु भएछत? थाहै नपाएजस्तो गर्दै दाइको खबर के छ सन्चै हुनुहुन्छ होला? छोरा बुहारी कहाँ छन ? के हुनु मैयाँ दाइ सधै रक्सी खानी कुटनी बाहेक केहि गर्दैन, घरमा एक रुपैयाँ पैसो पनि दिने हैनन छोरा बिदेस छ्न बुहारी छुटिएर बसेका छन म गाईबस्तुलाई घास काटन हिडेको।

ए मैया गाउमा निकै गार्हो भयो ज्यान पाल्न मलाई नि शहर तिर काम खोज्दिनुस न उतै म कसैलाई थाहै नदिई आउछु नफर्किने गरेर। गाउकालाई शहरको रहर, शहरका लाई गाउको फेरी पनि हुन्छ भाउजू नम्बर दिनुहोला म फोन गर्छु ,, भन्दै चिन्ता नलिन आग्रह गर्दै घर तिर लागे। घर पुगी ब्याग राखेर लामो सुस्केरा लिदै पल्टिए अनी ति बिगतका दौतरी, अहिले को समाज र कान्छा दाईलाई !!!!
राधा आचार्य अधिकारी
अर्घाखाँची सितगंगा नगरपालिका । हाल काठमाडौ !!

Leave a Reply