Friday, January 22, 2021
Home > mophosala > अध्यादेश फिर्ता लिन माग गर्दै प्रधानमन्त्री ओलीलाई काँग्रेसको कालो झण्डा

अध्यादेश फिर्ता लिन माग गर्दै प्रधानमन्त्री ओलीलाई काँग्रेसको कालो झण्डा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बै ठकले सरकारलाई पछिल्ला निर्णय फिर्ता गर्न माग गरेको छ । मंगलबार विहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले निर्णय फिर्ता लिन माग गरेको सहमहामन्त्री प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए । ।

 उनले भने, ‘आजको बैठकमा हामी हिजोको अध्यादेशबारे केन्द्रित भयौँ । संविधानको ठाडो उल्लंघन, लोकतन्त्रको मूल्य र मान्यताविरुद्ध अध्यादेश ल्याइएको हाम्रोख ठहर छ । यसबारे पार्टीले गम्भीर गरेको छ । यी अध्यादेश फिर्ता लिन माग गर्न माग गरेका छौँ ।’
 सरकारले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितको दुई अध्यादेश ल्याएको थियो ।
 उक्त अध्यादेश सोमबार नै राष्ट्पतिबाट जारी सोमबारबाटै कार्यान्वयनमा आइसकेको छ । यसबारे काँग्रेसले बुधबार सरकार बाहिर रहेका दलहसँग पनि छलफल गर्ने निर्णय गरेको छ । यस्तै सम्पूर्ण लोकतन्त्र प्रेमी नागरिकलाइई सरकारको  निर्णयको प्रतिवाद उत्रिन आग्रह गरेको छ ।

काँग्रेसले लकडाउनका कारण सरकार विरुद्ध समाजिक सञ्जालबाट कालो झण्डा देखाउने लगायका कार्य अगाडि बनाउन महतले जानकारी दिए । सरकारले निर्णय फिर्ता नलिए कानुनी बाटोमा जानेबारे पनि छलफल भएको उनको भनाइ छ । मंगलबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘लकडाउनले कहाँ छेक्छ र हेर्नुस् हजारौँ कालो झण्डा सामाजिक सञ्जलामा !’ भन्दै प्रधानमन्त्रीको आधिकारीक ट्वीटर ह्यान्डलमा म्यान्सन गरेका थिए ।

जनता कोरोनाको सन्त्रासमा रहेका बेला सत्ताको खेल बन्द गर्न उनको आग्रह छ । सामाजिक सञ्जालमा काँग्रेसले सार्वजनिक गरिएको कालो झण्डामा लेखिएको छ, ‘प्रधानमन्त्री सत्ताको खेलमा, जनता कोरोनाको सन्त्रासमा !’

रातोपाटिबाट साभार

Leave a Reply