Tuesday, January 26, 2021
Home > mophosala > साउदी र युएईका समाचार वेबसाइट टर्कीले गर्‍यो ‘ब्लक’

साउदी र युएईका समाचार वेबसाइट टर्कीले गर्‍यो ‘ब्लक’

एजेन्सी टर्की, वैशाख ८

टर्कीले आइतबार साउदी र संयुक्त अरब इमिरेटसका समाचार वेबसाइटहरू अवरुद्ध गरिदिएको छ।

साउदी अरेबियाले टर्कीको समाचार एजेन्सी साइटहरू अवरुद्ध गरेको केही दिन पछि टर्कीले यो कदम चालेको हो।

यो पारस्परिक कदम टर्कीका अभियोजनकर्ताहरूले इस्तानबुलको साउदी वाणिज्य दूतावासमा मारिएका पत्रकार जमाल खशोग्गीको हत्यामा २० जना साउदीको संलग्नता संकेत गरेको चार हप्ता पछि आएको हो।

  यसले रियाद र अंगाराबिचको सम्बन्धमा अमिलोपन ल्याएको थियो।

टर्कीको न्याय मन्त्रालयका प्रवक्ताले ती कदमका बारेमा कुनै टिप्पणी नदिएको र साउदी अरेबियाको सरकारी मिडिया कार्यालयले पनि प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ।

 टर्कीले साउदी कम्पनीले चलाउँदै आएको बेलायतबाट प्रकाशित हुने टर्किस भाषाको एक स्वतन्त्र समाचार साइटलाई पनि आइतबार प्रतिबन्ध लगाएको छ।

सो वेवसाइटका सम्पादकले यसलाई रियाद र अमगाराबीचको राजनीतिक खिचातानीको प्रतिबिम्व भएको प्रतिक्रिया दिएका छन्।

‘साउदी अरेबिया र टर्कीबीचको तनावले हामी माथि देखिएको छ’, सम्पादक नेभजात सिजेकले रोयटर्ससँग भने, ‘आइतबारको निर्णय भने साउदी अरेबिया विरूद्धको बदलाका रुपमा देखिएको छ।’

Leave a Reply