जोकर टपरे प्रमलाई यति सकस परेको छ कि यतिबेला, गर्नु पर्ने काम एकातिर, उनी भने कोरोना शिक्षा प्रवचनतिर।
अब बिदेश पलायन भएका लाखौं युवा कोरोनाबाट बांचे ओइलानी देश फर्कनेछन्। भरिसक्य ती नेपाल नफर्किउन र हाडछाला खियाएर उतै मरुन भन्ने मनशाय छ यो बर्णशंकर सरकारको। देउवा, दाहाल र ओलिको भित्री आकांक्षा भनेको नेपालमा बस्ने युवाको योग्यता चाहिं केवल आफुले जे भन्यो त्यहिं गर्ने, भन्ने सुन्ने र मान्ने, एकै इशारामा मुंग्य्राउने सम्मको पार्टिको झोले हुनुपर्नेछ। देशको मुहार फेर्ने योजना र महत्वाकांक्षा बोकेका युवाहरुलाई देखि नसहने।
बेथिती भ्रष्टाचारको बिरुद्दमा बोल्ने युवालाई बिबिध कसुर लगाई झुठ्ठा मुद्दामा फसाउने, हात खुट्टा भांच्ने, त्यतिले पनि नपुगे ज्यानै तलमाथी पार्ने जस्ता घृणित हरकतमा यी तीन भैय्या दाओदेले गणतान्त्रीक संविधान कार्यन्वयनको तीन बर्ष पूरा गरेका छन्। यिनिहरुका दुरासयको सिकार बनेका शालिकराम पुडासैनी, रबि लामिछाने र ज्ञानेन्द्र शाही राष्ट्रीय तहमा उत्पिडनका प्रतिनिधि पात्र हुन् । यस किसिमको पासविक दुर्दशा झेल्ने निमुखा युवाहरुको बिबरण सयौंको संख्यामा हुन सक्छ मुलुकमा।
गणतान्त्रीक संबिधान कार्यान्वयनको तीन बर्षमा देशहितका निम्ति बोल्ने लेख्ने र काम गर्ने किसान, मजदूर, शिक्षक, बिधार्थी, डक्टर,पत्रकार, पाइलट, राजनितीज्ञ,कर्मचारी सर्वाधिक असुरक्षित र त्राहिमाम भएका छन्। नेपालको इतिहासमा अभूतपूर्व भ्रष्टाचारको इतिहास कायम भएको घडी पनि यहिं छदम बामपन्थी नामको दुई तिहाई सरकारकै पालामा हो भनेर लेखिनेछ। परन्तु यस्तो पाषाण संस्कृती किमार्थ टिक्न सक्दैन। निसर्त यो अध्यांरो परिस्थितिको अन्त्य हुन जरुरी छ।
पतनको आखिरी बिन्दुमा घिसृदै छ ओलि सरकार। पतन अवश्यम्भावी छ। अन्तिम संस्कारको समय अत्यन्तै सन्निकट छ।
जय नेपाल ।
मोति चामलिङ वि पि अध्ययन प्रतिष्ठान हङकङका अध्यक्ष हुन।