बैशाख ७ हेटौडा, नेपाल बिद्यार्थी संघको ५१ औ स्थापना दिबसको अबसरमा नेपाल बिद्यार्थी संघ मकवानपुरले आयोजना गरेको शैक्षिक आन्दोलन तथा महामारी ब्यबस्थापनमा युवा बिद्यार्थीहरुको भुमिका बिषयक अनलाइन वक्तृत्वकलामा गुुल्मी तम्घासकी मनिसा पौडेल उत्कृष्ट भएकि छिन ।
सरकारले घोषणा गरेको लकडाउनको समयमा प्रबिधिको प्रयोग गर्दै आफनो स्थापना दिबश मनाइएको जिल्ला अध्यक्ष राजु खतिवडाले जानकारी दिए ।
प्रतियोगितामा बिभिन्न जिल्लाका १३ सहभागीहरुले भाग लिएको नेपाल बिधार्थी संघ मकवानपुरले बताएको छ ।