Thursday, January 21, 2021
Home > mophosala > कविता:-“प्रधानमन्त्री ज्यु तपाइलाइ थाहा छ”

कविता:-“प्रधानमन्त्री ज्यु तपाइलाइ थाहा छ”

                                                                          ✍️विशाल घिमिरे

प्रधानमन्त्री ज्यु तपाइलाइ थाहा छ,
अहिले बिश्वब्यापी रुपमा आयको
कोरोना भन्ने महामारी सङै
जनताका मनमा तपाईं र
सरकारको कार्यसैलिलाइ
लियार विभिन्न प्रश्न आ छ ।

प्रधानमन्त्री ज्यु तपाइलाइ थाहा छ ?
छैन होला बालुवाटारमा राशनको कमि
तर
बास्तबिक पीडित ले न खान न चैनले बस्न पा छ,
जनता भन्दैछ्न राहत बितरणमा नि
राजनितिकरणको दुर्गन्ध आ छ।

प्रधानमन्त्री ज्यु तपाइलाइ थाहा छ
समाजबाद हुँदै साम्यवाद पुग्ने भन्नुहुन्थ्यो,
सोलुखुम्बु हुँदै कैलाली र बाके हिडिरहेको
तपाइँको समाजबाद कलन्की नपुग्दै थाकेर सुस्ताइराछ

प्रधानमन्त्री ज्यु तपाइलाइ थाहा छ?
बर्सौ देखि गरिब जनताका जनजीवनका सवाल हरु
नछिर्ने बालुवाटारका गेट बाहिर बाच्ने आशा
र आफ्ना बच्चा बोकि टाढा भयका
गाउँ जान हिडेका हरुको
थकित ताती आ छ

प्रधानमन्त्री ज्यु तपाइलाइ थाहा छ ?
हुन त मन्त्री र मन्त्रालयको कमि नभयको
हाम्रो देशमा जनता सोधिराछन,
आम जनता र श्रमिकको पिडा सुन्ने मन्त्रालय कहाँ छ,।

प्रधानमन्त्री ज्यु तपाइलाइ थाहा छ?
सबै भनिराछ्न पानीजहाज ,रेल र दुरद्रीष्टि को
कुरा गर्ने र टाढाको देख्ने तपाईंको नजिक र
सामुन्ने रहेका जनताको रोदन देख्नमा कमि आछ ।

प्रधानमन्त्री ज्यु तपाईलाई था छ ?
कोरोना त केही समय अघि आयको रोग भयो ,
यहाँ बर्सौदेखी भोक ,रोग ,शोक र बेरोजगारीको
उत्पीडनले गरिब जनताको कन्चेटमा बन्दुक तेर्साइराछ , ।

प्रधानमन्त्री ज्यु तपालाइ थाहा छ?
देश भित्र रहेका मात्र हैन बिदेशमा रहेका
नेपालिकोनि उत्तिकै गुनासो आ छ,
उनिहरु भनिराछन
रेमिटान्स पठाउदा प्रफुल्ल हुने सरकार ,
हामीले जागिर गुमाउदा र हाम्रो भिसा सिद्दिदा कहाँ छ ,

प्रधानमन्त्री ज्यु तपाइलाइ थाहा छ ?
श्रम र परराष्ट्र मन्त्रालयको काम नि नाममा मात्र सिमित भा छ
त्याही महाकाली पारी आयर नि अलपत्र परेकाहरु भनिराछ्न
आफुलाइ श्रमिक र मजदुरको नेतृत्व
कहालाउने नेताले भरियको सरकार कहाँ छ।

प्रधानमन्त्री ज्यु तपाइलाइ थाहा छ?
हुन त
बालुवाटारको साउन्डप्रुफ कोठा भित्र
म जस्तो मामुली ब्याक्तीको आवाज नपुग्न सक्छ ।
होला तपाईलाई पनि सो:स्पुर्त ढंगले
सराकार चलाउन धेरै बाधा छ
यति मात्र भन्न चहान्छु
जनतालाइ सरकार सङग धेरै धेरै आशा छ ।
प्रधानमन्त्री ज्यु तपाइलाइ थाहा छ??

                                                                        – लेखक घिमिरे हेटौंडा निबासी हुन ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply