एजेन्सी
ह्वाइट हाउसमा दैनिक रुपमा आयोजना हुने पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार समक्ष कोरोना भाइरसलाई सुरुदेखि नै रोक्न सकिन्थ्यो तर यस्तो नभएकोले यसको नतिजा सारा संसारले भोग्नुपरेको बताएका छन् ।
उक्त पत्रकार सम्मेलनमा ट्रम्पलाई पत्रकारले सोधे, ‘चीनको ऊहान शहरबाट गत वर्ष डिसेम्बर महिनादेखि कोरोनाभाइरसको संक्रमणको सुरुवात भएको र हालसम्म एक लाख ५७ हजारभन्दा बढीको ज्यान गइसकेकोले यसका लागि चीनले नतिजा भोग्नुपर्छ ?’
“It could have been stopped in China before it started and it wasn’t,” Trump tells reporters at a White House briefing, warning China could face consequences if it was “knowingly responsible” for the #coronavirus pandemic http://u.afp.com/3Nqz
57 people are talking about this
ट्रम्पले भने, ‘चीन चुक्यो वा यसले नियन्त्रण गर्न सकेन अथवा यसले जानीजानी यस्तो गर्यो ? यी कुरामा निकै भिन्नता छ । यसको उनीहरुले अनुसन्धान गरिरहेको छ । हामी पनि प्रतिक्षा गरिरहेका हौं । तर हामी आफैं पनि यसबारे अनुसन्धान गरिरहेका छौं ।’