Friday, January 15, 2021
Home > mophosala > विपन्न दलित परिवारको सारथी ओदा फाउण्डेशन

विपन्न दलित परिवारको सारथी ओदा फाउण्डेशन

कालिकोट बैशाख ७ गते । जिल्लाको महाँवै गाँउपालिमा रहेका विपन्न दलित परिवारलाई ओदा फाउण्डेशनले राहत बितरण गरेको छ । दैनिक ज्याला मजदुरी गरी खाने दलित परिवारहरु कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका ८० विपन्न दलित परिवारलाई गाँउपालिका अध्यक्ष नन्दबहादुर सिंहको रोहवरमा ओदा फाउण्डेशनले खाद्यान्न सहयोग गरेको हो ।

गाँउमा जमीन थिएन् । ओदा फाउण्डेशनले जग्गा दिलायो । अहिले खाने गास थिएन । ओदा फाउण्डेशनले खाद्यान्न दिएपछि परिवारको छाक टार्न सहज हुनेभयो । महाँवै गाउपालिका वडा नं. २ निवासी भक्त परियारले भने, हामी गरिबका लागि ओदा फाउण्डेशन गास बाससँगै बिरामी हुँदा निशुल्क उपचार गरेर ठुलो उपकार गरेको छ । गाँउमा करन सिंहले ओदा फाउण्डेशन स्थापना गरी आफुहरुको भगवान नै जन्मेका रहेछन् ।

यस्तै महाँवै ३ कै सपुरे परियारले लकडाउनका कारण रोग भन्दा बढी भोगको पिरलो खेपिरहेका बेला ओदा फाउण्डेशनले खाद्यान्न सहयोग गरेपछि ठुलो राहत भएको बताए । उनले भने, हामी गरिबका लागि रोग भन्दा बढी भोकको चिन्ता लाग्छ । रोगले भन्दा भोकले मार्छकी भन्ने डर छ । लकडाउन लम्भीएपछि थप समस्या आउनेछ । कोरोनाको महामारी रोकिएर लकडाउन खुले मजदुरी गर्न पाईन्थ्यो की ।

ओदा फाउण्डेशनका अध्यक्ष करन सिंहले दाताको सहयोगमा संचालित ओदा फाउण्डेशनले गाँउमा १५ शैयाको अस्पताल संचालन गरी सबैलाई निशुलक उपचारसँगै लकडाउनको समयमा समस्यामा परेका गाँउका विपन्न दलित परिवारलाई खाद्यान्न सहयोग गरेको बताए । उनले भने, कालिकोट आफैंमा विकासको दृष्टिले पछि परेको जिल्ला हो । सदरमुकाम मान्मभन्दा पनि धेरै टाढाको दूरीमा रहेको अति विकट ओदा गाउँका मजदुरी गरी छाक टार्ने स्थानिय दलित परिवारहरु लकडाउनका कारण छाक टार्न समस्या परेको थाहा पाएपछि राहत स्वरुप खाद्यान्न बितरण गरिएको हो ।

करन सिंहको पहलमा ओदामा हिमालय सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ । आफै पनि अति विपन्न परिवार र समाजबाट निकै अपहेलित अभिभावक विहीन युवा भएकाले दुखीको घाउमा मलम बन्ने गरेका छन् ।
कालीकोटको महावै गाउँपालिका–२ ओदा घर भएका करन सिंहले अमेरिकी नागरिकहरूसँगको सहकार्यमा अस्पताल खोलेका छन् । उनले स्थापना गरेको अस्पतालमा बालबालिका, अति विपन्न, महिला, दलित, जनजाति तथा पिछडिएको समुदायको निःशुल्क उपचार हुन्छ ।

ओदाको गाउँमै ओदा फाउन्डेसनमार्फत हिमालय सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गरेर अहिले सयौं नागरिकहरूलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिँदै आएको छु, करनले भने । प्रदेश सरकारबाट स्वीकृती पाएर बर्थिङ सेन्टर पनि संचालनमा छ । अन्य सामाजिक सेवा अन्तरगत विपन्नलाई राहत पनि बितरण गरिएको हो । उनले शिक्षाले सबैतिर उज्यालो छर्ने भएकाले उनले ओदामै ४ देखि १० कक्षासम्म अध्ययनरत बालबालिकाहरूलाई निःशुल्क तयारी कक्षा पनि सञ्चालन गरिरहेका छन् । अस्पताल परिसरमै एउटा बाल विकास कक्षा पनि छ । जहाँ ४८ जना बालबालिका अध्ययन गरिरहेका छन् ।

Leave a Reply