Tuesday, January 19, 2021
Home > mophosala > मजदुर र बिद्यार्थीलाई नेकपाका युवा नेताकाे सहयाेग

मजदुर र बिद्यार्थीलाई नेकपाका युवा नेताकाे सहयाेग

काठमान्डौ । विश्वभरी महामारीका रुपमा फैलिएकाे काेराेना भाईरसकाे राेकथामाका लागि गरेकाे लकडाउनका कारण समस्यामा परेका मजदुर र बिद्यार्थीलाई नेकपाका युवा नेता तुलराज सिम्खाडा, यशुदा बराल र मेघराज शाहीले राहत बितरण गरेका छन् ।

लकडाउनका कारण राजधानिमा समस्यामा परेका कालिकाेट र अछामका ४५ जना मजदुर र बिद्यार्थीलाई नेकपाका नेता सिम्खाडा, बराल र शाहीले खाद्यन्न राहत बितरण गरेका हुन् ।

नेकपा कर्णाली प्रदेश सदस्य नेकपाका युवा नेता तुलराज सिम्खाडाले विपद्काे समयमा समस्यामा परेका हरेक नागरिकलाई सहयाेग गर्ने बताए । उनले भने, मुलुक काेराेना भाईरसकाे संक्रमणकाे त्रासमा छ ।

जसका कारण सरकाले घाेषणा गरेकाे लकडाउनले मुलुक ठप्प छ । धेरै नागरिकहरु यसबाट प्रभावित छन् । मजदुर, विद्यार्थी र विपन्न परिवारलाई सबैले सहयाेग गराैँ । आफु पनि बचाैँ, अरुलाई पनि बचाऊ ।

यस्तै नेकपा निकट युवा संघका अनुशासन आयाेगका सदस्य मेघराज शाहीले आफुहरुले राजधानिमा समस्यामा परेका कर्णालीका नागरिकहरुलाई सहयाेग गर्ने अभियान चलाएकाे जानकारि दिए ।

उनले जस अभियान अन्तरगत पहिलाे चरण ४५ परिवारलाई खाद्यान्न सहयाेग गरेकाे बताए । राजधानिमा समस्यामा परेका हरेक नागरिकले आफुहरुलाई खबर गरे सहयाेग गर्ने उनकाे भनाई छ ।

यस्तै अनेम संघकी केन्द्रीय सदस्य तथा नेकपा नेतृ यशुदा करालले विपद्काे वेला चलाउने बताइन । उनले काेराेनाबाट जाेगिन सबैले लकडाउनकाे पुर्ण पालना गर्न अपिल गरिन् ।

Leave a Reply