Wednesday, January 27, 2021
Home > mophosala > इजरायलमा राजनीतिक संकटः सरकार गठन हुन नसकेपछि चौथो आमनिर्वाचन हुने सम्भावना बढ्‍यो

इजरायलमा राजनीतिक संकटः सरकार गठन हुन नसकेपछि चौथो आमनिर्वाचन हुने सम्भावना बढ्‍यो

एजेन्सी इजरायल, वैशाख ६

सरकार गठनको म्याद सकिएपछि इजरायलमा चौथो पटक आमचुनाव हुने सम्भावना बढेको छ।

इजरायलका पूर्व सैन्य प्रमुख बेन्नी गान्जले राष्ट्रिय एकताको सरकार निर्माणका लागि गरेको प्रयास सफल नभएपछि चौथो चुनावको अवस्था आउन लागेको हो।

फागुन १९ मा सम्पन्न चुनावमा गान्जको लिकुड पार्टी र उनको गठबन्धनले कुल ५८ सिट जितेका थिए जुन सरकार गठनका लागि आवश्यक सिट संख्याभन्दा ३ सिटले कम हो।

सो चुनावमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी ३६ स्थान जितेर संसदभित्र सबैभन्दा ठूलो दल बनेको थियो।

नेतन्याहूलाई अन्य दलले समर्थन नदेखिएपछि गान्ज नयाँ प्रधामन्त्री बन्ने र इजरायलमा नेतन्याहु युग समाप्त हुने ठानिएको थियो तर त्यसो हुन सकेन।

अब एकिकृत सरकार गठन गर्ने जिम्मा राष्ट्रपतिले संसदलाई दिएका छन् र सरकार गठन नभए इजरायलसँग चुनावमा जानुको विकल्प छैन।

इजरायलको संवैधानिक कानुन अनुसार अबको २१ दिन भित्र प्रधानमन्त्रीमा कोही पनि मनोनीत नभएमा अगस्ट ४ सम्म नयाँ चुनाव हुनेछ।

इजरायलको संसद १२० सदस्यीय रहेको छ र बहुमतको सरकार गठन गर्न ६१ स्थान आवश्यक पर्दछ।

इजरायल अप्रिल २०१९ देखि लामो राजनीतिक संकटमा छ।

पहिलो चुनावपछि सरकार गठन हुन नसकेपछि पुनः त्यहाँ दुई चुनावहरू भए।

ती चुनावबाट पनि सरकार गठन नभएपछि त्यहाँ राजनीतिक संङकट जारी रहेको छ।

देशमा कोरोना भाइरस संकटमा जाँदै गर्दा गान्ज नेतान्याहूसँगको राष्ट्रिय एकताको लागि वार्ता गर्न सहमत भएका थिए।

तर,उनीहरूले वार्ता जारी रहेको बताए पनि यतिका दिनसम्म दुबै पक्ष कुनै सम्झौतामा पुग्न सकेका छैनन्।

Leave a Reply