Tuesday, January 19, 2021
Home > mophosala > जन्मदिनको खर्चले ४५ विपन्न परिवारलाई राहत

जन्मदिनको खर्चले ४५ विपन्न परिवारलाई राहत

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ६ निवासी समाजसेवी युवा दमनराज शाहीले आफ्नो जन्मदिनका अवसरमा ४५ जना विपन्न परिवारलाई राहत बितरण गरेका छन् । 

नेपाल तरुण दल कालिकोटका सचिव समेत रहेका शाहीले आफनो जन्मदिनमा खर्चिने रकमबाट स्थानिय ४५ जना अति विपन्न परिवारलाई राहत बितरण गरेका हुन् ।

उनले आफ्नै वडामा रहेका अति विपन्न ४५ परिवारलाई एक एक बोरा चामल, नुन, तेल बितरण गरेर आफ्नो २९ औँ जन्मदिन विपन्न परिवारका विचमा मनाएका हुन् ।

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि सरकारले गरेको लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरेर आफ्नो जीवीकोपार्जन गर्दै आएका हाल छाक टार्नै समस्यामा परेका खाँडाचक्र नगरपालिका वडा नं. ६ का विपन्न, असाय र एकल महिलाहरुलाई राहत बाँडेका छन् ।

गाँउमा छाक टार्न समस्यामा परेकाहरुलाई सहयोग गरी जन्मदिन मनाएको शाहीले बताए । उनले जन्मदिन मनाउनका लागि ठुला ठुला होटल रिर्जव गर्नुभन्दा आफ्ना वडाका असाय गरिव परिवारको घाउमा आफुले महलम पट्टी लगाउने काम गरेर आनन्द लिएको बताए ।

उनले भने, म संग धेरै पैसा भएर कता फालु भनेर सहयोग गरेको होइन । आफ्नो जन्मदिनमा समस्यामा रहेका परिवारको सहयोग गर्ने सोचले सहयोग गरेको हो । उनले करिव १ लाख बराबरको खाद्ययन्न वडाका विपन्न घरपरिवारलाई वितरण गरे ।

विपन्न परिवारको समस्यामा स्थानिय सरकार संवेदनशील नबनेको बताए । उनले गाँउउमा रहेका सवै विपन्न परिवारलाई तत्काल राहतको व्यवस्था गर्नु माग पनि गरे ।

Leave a Reply