Wednesday, January 27, 2021
Home > mophosala > एक मात्र फल्स नेगेटिभ केस नेपालका लागि कोरोना बम बन्न सक्ने खतरा

एक मात्र फल्स नेगेटिभ केस नेपालका लागि कोरोना बम बन्न सक्ने खतरा

   र्‍यापिड डायग्नोस्टिक टेस्ट किट एन्टिबडी एन्टिजिन रियाक्सनको सिद्धान्तमा आधारित किट हो । सार्स कोभ–२ कोरोनाभाइरस मानिसको शरीरमा प्रवेश गरेपछि र सङ्ख्या वृद्धि भएपछि मानिसको शरीरले कोरोनाभाइरस विरुद्ध मानिसको शरीरले एन्टिबडी बनाउँछ । यो किट मानिसको रगतको नमुनामा कोरोनाभाइरस विरुद्धको सोही एन्टिबडी छ या छैन भनी जाँच गर्ने सिद्धान्तमा आधारित प्रविधि हो ।

कोरोनाभाइरस मानिसको मुख वा नाकबाट स्वासनली हुँदै फोक्सोभित्र प्रवेश गरी फोक्सोको सेलमा भएको एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम २ भन्ने रिसेप्टर (भाइरस टाँसिने प्रोटिन)मा टाँसिएपछि भाइरस सेलभित्र प्रवेश गर्दछ र आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छ । जब भाइरसको सङ्ख्या शरीरमा बढ्न थाल्छ तब मात्र मानिसको शरीरले भाइरस विरुद्ध एन्टिबडी बनाउन सुरु गर्दछ । यो सबै प्रक्रिया हुनको लागि एक जना स्वस्थ मानिसमा ८ देखि १० दिन लाग्दछ ।

यो सबै प्रक्रिया हेर्दा मानिसमा भाइरस प्रवेश गरेको ८ देखि १० दिनपछि मात्र र्‍यापिड डायग्नोस्टि टेस्टमा पोजेटिभ देखिने सम्भावना हुन्छ । तर त्यसमा पनि यो किटको संवेदनशीलता र विशिष्टता ज्यादै कम भएकाले भाइरस लागेको मानिसमा पनि नेगेटिभ नतिजा दिन सक्ने सम्भावना ज्यादै धेरै हुन्छ ।

मानिसको शरीरमा कोरोनाभाइरसको लक्षण देखिनु अगावै र एन्टिबडी बन्नु अगावै अन्य मानिसमा रोग सार्न सक्ने गुण भएकाले र यो भाइरसको सङ्क्रमण क्षमता र दर अन्य भाइरसभन्दा धेरै भएको हुँदा एउटा मात्र फल्स नेगेटिभ (भाइरस लागेको तर टेस्टमा नेगेटिभ आएको) मानिस देशका लागि खतरा बन्न सक्छ ।

यस किटको आधिकारिक कागजमा नै यो टेस्ट किट भाइरस लागेको पक्का गर्ने खालको किट नभएको र नेगेटिभ आएको खण्डमा पुनः पीसीआर विधि र अन्य जाँचबाट पुनः परीक्षण गर्नुपर्ने लेखिएको छ । त्यसैले हाल नेपालमा र्‍यापिड टेस्ट किट प्रयोग गरिनु कुनै पनि कोणबाट उपयोगी छैन । किनभने नेपालमा सबै क्वारेन्टाइनमा राखिएको मानिसको मात्र टेस्ट गरिँदै आएकाले आरडीटी प्रविधिबाट उनीहरुमा कोरोनाभाइरसको संक्रमण रहे–नरहेको सही रुपमा पत्ता लाग्न सक्ने सम्भावना ज्यादै न्यून हुन्छ ।

फल्स नेगेटिभ र पोजेटिभ भनेको के हो?

कुनै मानिसमा भाइरस लागेको छैन र टेस्ट गर्दा विभिन्न कारण (अन्य नमुनासँग मिसिन गएमा, सही ‌ढंगले सही बेलामा नमूना संकलन नगरिएको स्थितिमा वा अन्य प्राविधिक) ले गर्दा पोजेटिभ नतिजा आएमा त्यसलाई फल्स पोजेटिभ केस भानिन्छ ।

कोरोनाभाइरसको केसमा कोही मानिसमा फल्स पोजेटिभ नतिजा आएमा त्यस मानिसलाई आइसोलेसनमा राखिन्छ र उपचार गरिन्छ । पुनः टेस्ट दोहोर्‍याइन्छ । यसरी फल्स पोजेटिभ आएमा सम्बन्धित व्यक्ति र उसको परिवार अनि समुदायलाई कुनै नकारात्मक असर पर्दैन ।

कुनै मानिसमा भाइरस लागेको छ र टेस्ट गर्दा (जस्तो कि र्‍यापिड टेस्टको कारण वा पीसीआरमा पनि विभिन्न कारणले) गर्दा नेगेटिभ नतिजा आएमा त्यसलाई फल्स नेगेटिभ केस भनिन्छ ।

कुनै मानिसमा कोभिड–१९ सङ्क्रमण छ र उसको जाँच गर्दा नेगेटिभ आयो भने उक्त मानिस आफ्नो परिवार समुदायमा ढुक्कसँगले हिँडडुल गर्ने, भेटघाट गर्ने, सँगै बस्ने गर्दछ । यसले परिवार, समुदाय र सिङ्गो देशका लागि नै भाइरस बम बन्न सक्छ । फल्स नेगेटिभ केस देशका लागि कोरोना बम हो । किनभने यो भाइरसको प्रजनन दर अन्य भाइरस (इन्प्लुएन्जा, सार्स, मर्स) भन्दा निकै धेरै छ । एक मात्र ‘एसिम्टोम्याटिक फल्स नेगेटिभ केस’ले हजारौँमा रोग फैलाउन सक्ने सम्भावना हुन्छ ।


कुनै मानिसमा कोभिड–१९ सङ्क्रमण छ र उसको जाँच गर्दा नेगेटिभ आयो भने उक्त मानिस आफ्नो परिवार समुदायमा ढुक्कसँगले हिँडडुल गर्ने, भेटघाट गर्ने, सँगै बस्ने गर्दछ । यसले परिवार, समुदाय र सिङ्गो देशका लागि नै भाइरस बम बन्न सक्छ । फल्स नेगेटिभ केस देशका लागि कोरोना बम हो । किनभने यो भाइरसको प्रजनन दर अन्य भाइरस (इन्प्लुएन्जा, सार्स, मर्स) भन्दा निकै धेरै छ । एक मात्र ‘एसिम्टोम्याटिक फल्स नेगेटिभ केस’ले हजारौँमा रोग फैलाउन सक्ने सम्भावना हुन्छ । कोरियामा थेगुबाट रोग फैलाउने सिन्छन्जी चर्चकी एक महिला (जसलाई पछि सुपर स्प्रेडर आन्टी पनि भनिन थालियो) ले कोरियामा महामारी हुने गरी भाइरस फैलाएकी थिइन् । जसलाई चिकित्सकले अस्पताल बस्न अनुरोध गर्दा नमानीकन चर्चमा प्राथना गर्न गएकी थिइन् ।

कोरोनाभाइरस लागेको पक्का गर्न सक्ने हालसम्मकै सबैभन्दा विश्वसनीय विधि आरटी– पीसीआर प्रविधि नै हो । हाल कोरिया, भारत लगायत अन्य विकसित मुलुकमा आरटी– पीसीआर प्रविधिबाट मात्रै टेस्ट हुँदै आएको छ । त्यसैले हाल नेपालमा जति सक्दो धेरै आरटी–पीसीआर सहितको प्रयोगशाला वृद्धि गर्न जरुरी छ । धेरैभन्दा धेरै आरटी– पीसीआर चलाउन सक्ने जनशक्ति पहिचान गर्ने, खोजी गर्ने र भएको प्रयोगशालामा सिफ्ट वाइज टिम बनाएर २४ घण्टा नै काम गर्ने । हाल कोरियामा ६०० स्थानमा यो प्रविधिबाट कोरोना परीक्षण भइरहेको छ ।


कोरोनाभाइरस लागेको पक्का गर्न सक्ने हालसम्मकै सबैभन्दा विश्वसनीय विधि आरटी– पीसीआर प्रविधि नै हो । हाल कोरिया, भारत लगायत अन्य विकसित मुलुकमा आरटी– पीसीआर प्रविधिबाट मात्रै टेस्ट हुँदै आएको छ । त्यसैले हाल नेपालमा जति सक्दो धेरै आरटी–पीसीआर सहितको प्रयोगशाला वृद्धि गर्न जरुरी छ ।


एक माइक्रोबायोलोजीको विद्यार्थी भएको नाताले म आरडीटी प्रविधिको प्रयोग गर्न नेपाललाई सुझाव दिन सक्दिनँ । तर नेपालको सीमित साधन स्रोतको बाबजुद कुनै दिन समुदायमा रोग प्रवेश गरेमा र कोरोनासँग मिल्ने बिरामीको सङ्ख्या बढ्दै गएमा र आरटी– पीसीआर प्रविधि प्रयोग गरी टेस्ट गर्न असमर्थ भएमा समुदायमा स्क्रिनिङ गर्न यसको प्रयोग गर्न सकिन्छ । तर पनि नेगेटिभ रिजल्ट आएका बिरामीको पुनः पीसीआर प्रविधिबाट पनि परीक्षण गर्नुपर्ने हुन्छ । एसो गर्दा पैसा प्रविधि र जनशक्तिको दोहोरो खर्च हुने र फल्स नेगेटिभ को केसबाट सधैँ खतरा हुने भएकाले सकेसम्म यसको प्रयोग नगर्नु नै देशको हितमा छ ।

आरटीपीसीआर नै किन?

आरटी– पीसीआर भनेको रियल टाइम पोलिमरेज चेन रियाक्सन हो । आरटी– पीसीआर प्रविधिले संक्रमणको आशंकामा परीक्षण गरिएका व्यक्तिमा भाइरसको आरएनए छ या छैन भनी पत्ता लगाउँछ । यो प्रविधिबाट कुनै मानिसलाई भाइरस सङ्क्रमण भएकै दिन पनि नतिजा पोजेटिभ देखाउन सक्छ । जसले गर्दा सङ्क्रमित व्यक्तिको समयमा नै पहिचान भई आइसोलेसनमा राख्न सकिन्छ । जसले गर्दा रोग फैलाउने सम्भावनालाई न्यून गर्न सकिन्छ । तर आरडीटी विधिबाट यति छिटो र यति विश्वासनीय नतिजा दिन सक्दैन र फल्स नेगेटिभ नतिजा दिने सम्भावना ज्यादै धेरै हुन्छ ।

https://api.time.com

आरटी– पीसीआर भनेको रियल टाइम पोलिमरेज चेन रियाक्सन हो । आरटी– पीसीआर प्रविधिले संक्रमणको आशंकामा परीक्षण गरिएका व्यक्तिमा भाइरसको आरएनए छ या छैन भनी पत्ता लगाउँछ । यो प्रविधिबाट कुनै मानिसलाई भाइरस सङ्क्रमण भएकै दिन पनि नतिजा पोजेटिभ देखाउन सक्छ । जसले गर्दा सङ्क्रमित व्यक्तिको समयमा नै पहिचान भई आइसोलेसनमा राख्न सकिन्छ । जसले गर्दा रोग फैलाउने सम्भावनालाई न्यून गर्न सकिन्छ ।


समाचारमा आएका पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा जम्मा ३० ओटा आरटी– पीसीआर मेसिन छन् । त्यसमध्ये ३ वटा त त्रिविको माइक्रोबायोलोजी, बायोटेक्नोलोजी र बायोमेटेरियल विभागमा छ । भीसीले सुरुको दिनदेखि नै मेसिन प्रयोग गर्न आह्वान गरिसकेका छन् ।

नेपालमा हाल कोभिड–१९ प्रयोगशालामा काम गरिरहेका बाहेक आरटी– पीसीआर प्रविधि प्रयोग गरी रिपोर्टिङ गर्न सक्ने जनशक्ति त्रिवि केन्द्रीय माइक्रोबायोलोजी विभागबाट उत्पादित माइक्रोबायोलोजिस्ट र बायोटेक्नोलोजिस्टहरु हुन् । मेडिकल माइक्रोबायोलोजीको पढाइ नै रोग लगाउने भाइरस ब्याक्टेरिया, फङ्गस आदिको बारेमा अध्ययन अनुसन्धान तथा निदान गर्ने भएकोले भाइरसको बारेमा यथेस्ट जानकारी राख्ने जनशक्ति हो यो । हाल नेपालमा ४०० जनाको माइक्रोबायोलोजी कोभिड–१९ ब्याक अप टिम बनेको छ । जसमा अधिकांश मलिकुलर लेभलमा आरटी–पीसीआरको प्रयोग गरी थेसिस गर्नेहरु छन् । ती जनशक्तिलाई बिना तालिम वा केहीलाई १ हप्ताको तालिम दिएर प्रयोगशालामा खटाउन सकिन्छ । तर नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले २०६८ सालमा जारी गरेको अस्थायी लाइसेन्स रोकेर राखेकोले यो समस्यालाई तत्काल स्वास्थ्य मन्त्रालय मार्फत अस्थायी लाइसेन्स दिएर काममा लगाउँदा पछि आउन सक्ने कानुनी झण्झट बिना काम गर्न सकिन्छ ।


हाल नेपालको प्रयोगशाला हेर्ने मुख्य राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य मन्त्रालय, प्रदेश कार्यालय तथा सबै स्वास्थ्य जनशक्तिको नियामक निकाय नेपाल स्वास्थ्य व्यवसायी परिषद्का बीचमा समन्वयको कमी भएको देखिन्छ भने मन्त्रालयको राजनीतिक नेतृत्वलाई उचित कदम चाल्न सही सल्लाह दिने विज्ञको टिमको अभाव देखिन्छ ।


हाल नेपालको प्रयोगशाला हेर्ने मुख्य राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य मन्त्रालय, प्रदेश कार्यालय तथा सबै स्वास्थ्य जनशक्तिको नियामक निकाय नेपाल स्वास्थ्य व्यवसायी परिषद्का बीचमा समन्वयको कमी भएको देखिन्छ भने मन्त्रालयको राजनीतिक नेतृत्वलाई उचित कदम चाल्न सही सल्लाह दिने विज्ञको टिमको अभाव देखिन्छ । उदाहरणका लागि, मलेरिया, डेंगु, इन्फ्लुएन्जा जस्ता रोगको नियन्त्रणमा विश्व स्वास्थ्य संगठनमा रही काम गरेका त्रिविका माइक्रोबायोलोजी प्रोफेसर डा प्रकाश घिमिरे जस्तै धेरै विज्ञलाई हाल राज्यले पहिचान गरी परिचालन गर्न सकेको छैन । साथै स्वास्थ्य व्यवसायी परिषद् र स्वास्थ्य मन्त्रालय अन्तर्गत NPHL मा काम गर्ने सीमित मानिसको निहित स्वार्थको कारण आरटी– पीसीआर चलाउन सक्ने, भाइरसबारे विज्ञता भएको ४ हजार जनशक्तिलाई लाइसेन्स नदिएर भूमिकाविहीन बनाएको छ । यी समस्या तत्काल समाधान गरी चुस्त टिम बनाएर आपसी समन्वय बढाई तत्काल टेस्टको दायरा र डर बढाउनु आवश्यक छ ।

मेडिकल माइक्रोबायोलोजिस्ट श्रेष्ठ हाल दक्षिण कोरियामा विद्यावारिधि गर्दैछन् ।

Leave a Reply