Sunday, January 24, 2021
Home > mophosala > हिमा गाउँपालिकाले बाँडेका राहतका सामाग्रीको डेट सकियको नेता शाहीको दावि कारबाहिको समेत माग

हिमा गाउँपालिकाले बाँडेका राहतका सामाग्रीको डेट सकियको नेता शाहीको दावि कारबाहिको समेत माग

जुम्ला । कणाली प्रदेशमा पर्ने जुम्ला जिल्लाको हिमा गाउँपालिकाले विश्वभर फैलियको कोभिड १९ कोरोनाको महामारीलाई मध्यनजर गर्दै वितरण गरेका केही राहत सामाग्रीहरु डेटअफ भयका फेलापरेका छन।

डेटको वास्ता नै नगरि महामारिको बेला झन यस्ता डेट गयका सामाग्रिहरु प्रयोग गरे जनताहरुको स्वास्थ्यमा नराम्रो असर पर्ने यी र यस्ता कार्य गर्दा समवेदनसिल हुनु पर्ने तेहि गा.पा का अध्यक्षका प्रत्यासित यूवा नेता लक्ष्मण शाहीले पलपलखवरलाई जानकारी गराय ।

नेता शाहीले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन 

‘राहातकाे नाममा जनतालाई बितरण गरेकाे डेट अफ भयका नुनको सम्बन्धमा सामाजिक सन्जालमा भएकाे तिताे र लजाष्पद टिप्पणी प्रर्ति मेरो गम्भीर ध्यान् गएकाे छ’ । समाजका बिसंगती, बिकृतीहरूकाे भण्डाफाेर गरि नेतृत्व दायी भूमिकामा रहि गलत निर्णय गर्नेलाई कठघारामा उभ्याउने हैसियत भविश्यमा जनताले राख्ने छन्।’

2016/2017 मा प्याकेजिङ् भएकाे नुन 2020/4/8 मा वितरण गर्न मिल्छ कि मिल्दैन सम्बन्धीत निकायकाे स्पष्ट आधिकारिक धारणा आउनुप्रर्नेमा साल्ट ट्रेडिङ काे पत्र देख्दा त अब अझ गहनरूपमा गएर म्याद नाघेको नुन खरिद बिक्री गर्नेलाई छानबिन गरि कारवाही गर्नु पर्छ , त्याे मात्र हाेईन बिपद अझै कहां आएकाे छ र सघिंय मन्त्रालयकाे बिपद व्यवस्थापन कार्यविधि नै नमान्ने हिमा  गा.पा सरकार जिल्ला प्रशासन कार्यालय जुम्ला ले सम्पूर्ण सराेकारवाला निकायहरूलाई निस्पक्ष छानवीन सहित कार्बाहीका लागि माग गर्दछु।कोरोनासँग विश्व जुधिरहेका बेला तपाई हामी पनि आआफ्नो ठाउँमा सफा रहाै सुरक्षित बसाै।’

देश यतिवेला अत्यन्तै राष्ट्रिय संकटमा छ। बिपत्तिकाे मिलेर सामाना गराै,सामाजिक भाबनाकाे बिकाश गराै,
‪संकटमा दृढतापूर्वक सरकारसंगै उभिऔं तर प्रश्न गर्न भने नछाडौं।‬ आफू पनि स्वस्थ रहौं, अरुलाई पनि सजग गराऔं।

Leave a Reply