Saturday, January 23, 2021
Home > mophosala > स्वास्थ्यकर्मीका सारथी बन्दै कांग्रेस पुर्व मन्त्री बस्नेत

स्वास्थ्यकर्मीका सारथी बन्दै कांग्रेस पुर्व मन्त्री बस्नेत

सिन्धुपाल्चोक । भोटेकोसी गाउपालिका ५ स्थित मार्मिङ स्वास्थ्य चौकी र चाकु उपस्वास्थ्य चौकीले कोरोना टेस्टको लागि इन्फारेड थर्मल गन सहित स्वास्थ्य सामाग्री पाएको छ। भोटेकोसी गाउपालिकाका दुई स्वास्थ्य सस्थामा थर्मल गन, पिपिइ सेट, माक्स,सेनिटाइजर, ग्लोब्स गाउन लगायत सामाग्री सहयोग गरिएको हो।

बिश्वभर महामारीको रुपमा फैकिएको कोरोना भाइरस नेपालमा पनि देखिएपछि सरकारले स्वास्थ्य सस्थामा यस्ता आबश्यक मेडिकल सामाग्री नपुर्‍याएपछि पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले सहयोग गर्दै आएका छन । पछिल्लो समय नेपालमा कोभिड १९ कोरोना भाइरस नेपाल देखिएपछि सरकारले लकडाउन गरेको हो। लकडाउन र स्वास्थ्य सस्थामा थर्मल गन,माक्स, सेनिटाइजर, ग्लोब्स गाउन जस्ता मेडिकल समान अभावका बिच बस्नेतले मेडिकल सामान सहयोग गरेका हुन।

सिन्धुपाल्चोकमा यस अघि मेडिकल सामान सहयोग गर्दै आएका पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले कोरोना टेस्ट अर्थात तापक्रम नाप्ने इन्फरेड थर्मल गन समेत उपलब्ध गराएको मार्मिङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले बताएका छन। मार्मिङका स्थानीय पासङ नोर्बु लामाले सिन्धुपाल्चोकको लागि उपलब्ध गराएको हो।

शुक्रवार थर्मल गन सहित स्वास्थ्य सस्थामा सो सामाग्री हस्तान्तरण गर्न नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेत गएका हुन । उनले राजनीतिदलको ब्याक्तीको सहयोग जनताले यतिबेला पाउने भन्दै आफुहरु जिल्लाका विभिन्न स्वास्थ्य सस्थामा मेडिकल सामाग्री सहयोग गरिरहेको बालकृष्ण बस्नेतले बताए।

यतिबेला स्वास्थ्य सस्थामा मेडिकल सामग्री सहयोग गर्दै आएका पुर्ब मन्त्री बस्नेलाई प्रहरी प्रशासन ,जिल्ला प्रशासन कार्यालय र नेकपाका नेताहरुले रोक्न खोजेपनी उनले स्वास्थ्यकर्मि र जनताको लागि काम गर्ने बन्दै प्रशासनको अबरोधका बीच पनि आबश्यक सामाग्री सहयोग गर्दै आएका छन।

सिन्धुपाल्चोकका सरकारले थर्मल गन समेत उपलब्ध गराउन सकेको छैन तर बस्नेतले भने जिल्लाभर उक्त सामग्री सहयोग गर्दै आएका हुन। पुर्ब मन्त्री बस्नेतले भने, यस्तो परिस्थितिमा सरकारले चाडो भन्दा चाडो आबश्यक मेडिकल सामान उपलब्ध गराउन पर्ने अबस्थामा आफुहरुले गरेको सहयोगमा समेत सरकारले अबरोध गर्न खोजेको बताए।

Leave a Reply