जुम्ला । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस जुम्लाका युवा नेता तथाा संगठन विभाग प्रमुख लक्ष्मण शाहीले जिल्लामा ७ हजारभन्दा बढी मास्क वितरण गरेका छन् । जिल्लाका विभिन्न स्थानीय तह पुगेर उनले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री तथा खाद्यान्न सामग्री वितरण गरिरहेका छन् ।
शाहीले आज पातालखोला र कालिकाखेतु स्वास्थ्य चौकीलाई सेनिटाइजर, सर्जिकल मास्क, डिजिटल थर्मोमिटर र ग्लोव्स उपलव्ध गराएका छन् । त्यस्तै बड्की स्वास्थ्य चौकी र प्रहरी चौकीलाई पनि आवश्यक सामग्री दिएका हुन् । स्वास्थ्य चौकी र प्रहरी चौकीमा कार्यरतहरुको जीवन झन् बढी संकट भएकाले कामकाजमा सहज होस् भनेर सहयोग गरेको उनले बताएका छन ।
स्थानीय तहको निर्वाचनमा हिमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका उनले क्वारेन्टाइनमा बसेका तथा सर्वसाधारणका लागि राहत उपलव्ध गराएका छन् । उनले मानिसको दैनिक जीवन कष्टकर भएको भन्दै आफ्नो तर्फबाट राहत प्रदान गरेको जनाएका छन् । उनले आफ्नो सहयोगबाट जनताको जनजीवन सहज होला भन्ने सोचेको बताएका छन ।