Sunday, January 24, 2021
Home > mophosala > पर्यटन व्यवसायीद्धारा मजदुरलाई सहयोग; बिस्नप्रसाद न्यौपाने

पर्यटन व्यवसायीद्धारा मजदुरलाई सहयोग; बिस्नप्रसाद न्यौपाने

कालिकोट चैत २५ गते ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीका लागि भक्तपुर जिल्लाको विकास निर्माण कार्यमा संलग्न मजदुरहरुलाई ठमेलका पर्यटन व्यवसायीहरुले राहत प्रदान गरेका छन् । राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य वकिल बमको पहलमा ठमेल पर्यटन विकास परिषदका महासचिव ध्रुव अधिकारी, पर्यटन व्यवसायी दावाङ तामाङ्ग र राजु दनाईको सहयोगमा दुई क्वीन्टल २५ केजि चालम, एक पेटी तेल, १० केजि दाललगायत राहत सामग्री सहयोग गरेका हुन् ।

आइतबार मात्रै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र युवा गैर सरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरीको पहलमा भक्तपुरको हनुमन्ते खोलाको किनारामा पालमुनि बसेका मजदुरहरुलाई पहिलो पटक राहत सामग्री प्रदान गरिएको थियो । भक्तपुरमा अलपत्र कालिकोटका १९ जना मजदुर भन्ने समचार आएपछि नेकपा कालिकोटका सचिवालय सदस्य समेत रहेका युवा नेता बमले ठमेल पर्यटन व्यवसायीहरु तथा अन्य बिभिन्न दाताहरुसँग राहतका लागि पहल गरेका थिए ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सरकारले तेस्रो पटक आगामी वैशाख ३ गतेसम्म लकडाउनको समय थप गरेपछि अलपत्र परेका कर्णालीका मजदुरहरुलाई राहत बितरण गरिएको सफल व्यवसायी तथा युवा नेता बमले बताए ।

उनले भने, लकडाउन’ पछि कर्णाली प्रदेशको कालिकोट, मगु र सुदूरपश्चिम प्रदेशको कैलाली र बाजुरा जिल्लाका ४८ जना मजदुरहरु भक्तपुरका विभिन्न स्थानमा अलपत्र परिरहेका छन् । उनीहरुलाई खान बस्नका समस्या भइरहेका बेला आफुले उनीहरु भएको स्थानमा पुगेर राहत बितरण गरेको हुँ ।

मनकारी व्यवसायीहरु सबैलाई मेरो तर्फबाट धन्यबाद दिन चाहान्छु । राहत पाएपछि अलपत्र परेका मजदुरहरुले आफुहरुलाई खान बस्नकै समस्या परिरहेका बेला कालिकोटका युवा नेता बमको पहलमा राहत पाउदा खुसी भएको बताए ।

Leave a Reply