Sunday, January 17, 2021
Home > mophosala > कोरोनाको असर र भविष्य; चित्र बहादुर के.सी.

कोरोनाको असर र भविष्य; चित्र बहादुर के.सी.

अहिले बिश्वभरि कोरोना भाईरसको संक्रमणले आतंक मच्चाएको अवस्था छ।दिन प्रतिदिन यसको संक्रमण अनुपात बढदो अनुपातमा छ। बिस्वका शक्तिशाली मुलुक कोरोना विरूद्धको औषधि खोप बनाउने तयारीमा लागेका छन। परीक्षण हुने क्रममा नै छन। तर, यसको प्रभावकारीको लागि कम्तिमा ५/६ महिना लाग्ने अनुमान गरिएको छ। धेरै जसो मुलूक लकडाउनको अवस्थामा छन। आफ्नो नागरिकको सुरक्षाको लागि पनि यो आवश्यक छ।
तर, लकडाऊन गर्दा सबै मूलुकले एकै समयमा गर्दा उपयुक्त हुन्छ। फरक फरक समयमा गर्दा यसको औचित्य रहदैंन पनि। किनकी यो कुनै देश विशेष संग सम्बंधित समस्या होईन। एक अर्कोंमा फैलिने भएको हुदा साझा समस्याको रूपमा सबै मुलुकले लिनु पर्दछ।
अब बिश्व परिवेशमा यो युगलाई दुई चरणमा भाग लगाएर हेर्न सकिने अवस्था सृजना  भएको छ। कोरोना पूर्व र कोरोना पछि।
१९३०को आर्थिक मन्दी पछि कोरोना युगलाई त्यो भन्दा पनि संकट र खतराको रूपमा हेरीएको छ। बिश्वभरिबाट अरबौ रोजगार गुम्ने प्रस्ट देखिसकिएको छ। अहिलेको कोरोना भाईंरसको असरले महाशक्तिसाली रास्ट्र र बिश्व समुदायले ठूलो शिक्षा र चुनौती समेत दिएको छ।
अब आणबिक र क्षेप्यात्रको यो दुनियामा कुनै महत्व छैन र यसको भूमिका र अर्थ निकै कमजोर रहेछ भन्ने बिषय पुस्टि समेत भयो। बिश्वको शक्तिशाली महाराष्ट्र अमेरिका अस्ट्रेलियाको कमजोर हालत र दृश्यबाट पनि अवगत भयो। उनीहरुले अहिले सम्म प्रकोपलाई नियंत्रण गर्न सकिराखेको छैनन। बरु प्रकोपको अनुपात बढ़दो छ। अहिलेको युग भनेको स्वास्थ्यसेवा र कृषि रहेछ भन्ने क़ुरामा कसैको दुईमत रहेन।
विश्व समुदायमा जुन अस्त्र र आणबिकको होड़बाज़ी र प्रतिस्पर्धा चलिराखेको थियो। अब यसको प्रतिस्पर्धामा बिस्तारै कमि आऊने छ। यो अहिलेको कोरोना भाईंरसले दिएको बलियो शिक्षा हो। अब नेपाल तर्फको प्रसंग तिर जाऊँ, नेपाल लकडाऊनको अवस्थामा छ। नेपाल सरकारले नागरिकको सुरक्षाको लागि सबैलाई घरबाहिर ननिस्किन अनुरोध गरेको छ। आज लकडाऊन भएक़ो पनि १३ दिन भो। यो लेख लेखिराखदा संक्रमण हुनेको संख्या ९ जना पुगेको छ।
सरकारले जुनरूपमा तयारी गर्नु पर्ने थियो, त्यो तयारी खासै देख़िदैन। चीनबाट स्वास्थ्य मन्त्रालयबाट मेडिकलको सामग्री खरिद गर्दा अनियमितता भयो भनेर ब्यापक विरोध र आलोचना भए पछि सरकार पछि हटन बाध्य भयो। दुई पक्ष बिचमा गरिएको समझौता बदर गरियो। फेरी, अहिले नेपाली सेनालाई जिम्मा दिईएको छ। यो पनि विवादमुक्त हुन सकेको छैन।
प्रवासमा आधा करोड भन्दा बढ़ी नेपाली छन। प्रवासमा रहने नेपालीहरुमा पनि संक्रमण भैराखेको खबर आइरेहीको छन। हिजो मात्र अमेरिकामा एकै दिनमा चार जनाको मृत्यु भएको खबर आयो। केही दिन पहिला पनि यूकेमा बाबु छोरी लगायत अन्य एक जनाको गरि तीन जनाको मृत्यु भएको छ। सबै भन्दा बढ़ी नेपाली रहेको क्षेत्र मध्यपूर्व हो। त्यो क्षेत्रमा सक्रमण देखिएको छ।
युएईमा ८ जना र बहराईंनमा १० जना नेपाली नागरिकलाई संक्रमण भएको खबर छ। यसको असर साउदी र कतारमा पनि देखिएको छ। त्यहा रहेका नेपालीहरु स्वदेश आऊँनको लागि सम्बंधित निकाय र नेपाल सरकारलाई हारगुहार गरिराखेको छन। तर, लकडाऊनको अवस्थाले गर्दा ति नागरिकहरुलाई नेपाल सरकारले स्वदेश ल्याउंन सकिराखेको छैन। र, सम्बंधित देशको दूतावास संग सम्पर्क गरि जो जहाँ छ त्यही बस्न अनुरोध गरेको छ।
कोरोना भाईरस नियंत्रणमा आइसके पछि बिश्व समुदायमा आर्थिक मन्दी प्रमुख समस्याको रूपमा आऊने छ। यो नया युगको रूपमा देखा परेर आऊँनेछ। यो समस्याबाट नेपाल पनि अछूतो रहने छैन। धेरै संख्यामा रोजगारको अवसर गुम्ने छ। सबै भन्दा बढ़ी असर मध्यपूर्वमा रहेका नेपालीलाई निश्चित रूपमा पर्ने छ। नेपाल रेमीट्यांन्सले चलेको मुलुक हो। लाखौ नेपाली एकै चोटी फ़र्किदा शुरूको अवस्थामा समस्या आऊँन सक्छ। तर, यो नया नेपाल निर्माण गर्नको लागि मेरुदण्ड पनि हुन सक्छ। यसको लागि नेपाल सरकारले कार्यक्रम र योजना तयार गर्नु पर्दछ।
अहिले शहरीकरण भैराखेको अवस्था छ। गाऊँ शून्य अवस्थामा छ। गाऊँका खेतबारी बाझीएका छन। कोहि काम गर्न , मिहिनेत गर्न तयार छैनन। सबै सुविधाभोगी र विदेशबाट पठाएको पैसाले गर्दा काम गर्ने बानी हराईसकेको छ। अब गाऊँफ़र्क अभियान सरकारले ल्याउनु पर्दछ। कृषिलाई प्रमुख आधार बनाएर विदेशबाट फर्कीएका युवा शक्तिलाई तालिम सहितको वैज्ञानिक पद्धतिको विधि अपनाएर कृषिलाई आधुनिक तरिकाबाट लैजानु पर्दछ। मध्यपूर्बमा नेपाली २०/२५ हज़ारको लागि श्रम गर्न जाने युवा शक्तिलाई रोक्ने यो सुनौलो अवसर पनि हो।
२०७२ सालमा भूकम्प जादा पनि एक किसिमको अवसर आएको थियो, युवा बिदेश पलायन हुन बाट रोक्ने। त्यो अवसर लाई सरकारले प्रयोगमा ल्याउंन सकेन।
अहिलेको यो अवसरलाई पनि सरकारले गुमायो भने नेपालको भविष्य सधै अन्धकारमा रहनेछ। देश निर्माण गर्ने युवा शक्तिले हो। जुन नेपाल भन्दा बाहिर छ।
अहिलेको यो समस्याबाट स्वास्थ्यसेवा र कृषि प्रमुख पाटो रहेछ। यी दुई क़ुरालाई राज्यले राज्यको अंगको रूपमा लिनु पर्ने रहेछ भन्ने शिक्षा पनि मिलेको छ। अब देश निर्माण गर्ने हो भने बिदेशमा रहेका युवालाई देश निर्माणमा लगाएर विदेश पलायन रोकनु पर्दछ। यो अवसर हो। अवसर निर्माण गर्ने माहोल सरकारको हो। सरकारले गम्भीरताका साथ अघि जानु पर्दछ। अब पनि यो नया युग र अबसरलाई समात्न नसक्ने र यहि पाराले मुलूक लैजान खोज्ने हो भने भावी पुस्ताले दुःख पाउनेछ।
चित्र बहादुर के.सी.
निवर्तमान एनआरएनए आइसाईसी सदस्य।

तथा नेपाली कांग्रेस महासमिति सदस्य।

Leave a Reply