काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सुदूर पश्चिम् प्रदेशमा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै तत्काल प्रयोगशालाको क्षमता र गुणस्तर वृद्धि गर्न सरकारसँग आग्रह गरेका छन् ।
सुदूर पश्चिमको पछिल्लो अवस्थाका र सरकारको तर्फबाट भएका प्रयासका बारेमा नेता लेखक र स्वस्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबीच टेलिफिन मार्फत कुराकानी भएको छ ।
कुराकानीका क्रममा नेता लेखकले सुदुर पश्चिममा लाखौँको संख्यामा छिमेकी मुलुकबाट स्वदेश आएका र प्रयोगशाला , उपकरण र जनशक्तिको अभावका कारण न्यून संख्यामा मात्र परिक्षण भएकोले दैनिक कम्तिमा ५०० जना सम्मको परिक्षणको ब्यवस्था मिलाउन सुझाव दिएका थिए ।
मन्त्री ढकालले पनि सुझावलाई सकारात्मक रुपमा लिइ सुदूर पश्चिममा आवश्यक उपकरण र जनशक्तिको ब्यवस्था र परिक्षणको दायरा बढाउन सरकारले आवश्वक प्रक्रियाअघि बढाउने आश्वासन दिएको लेखकका स्वकीय सचिब जनक भट्टले जानकारी दिए ।
रातोपाटिबाट साभार