लक्ष्मी के.सी
न केहि चिन्ता न केहि पिर थियोे ।
त बस अनिश्चित
तकदिर फर्किन मन छ ।
त्यो बालापनमा रम्न मन छ ।
त्यो हिलो मैलो धुलोमा
एकै छिनको रूवाइ
एक छिनको हाँसो न थियोे ।
कसैसँग केही गुनासो
आफै डाक्टर आफै बिरामी बन्दै
भातपुतली खेलिन्थ्यो
साथीहरूसँग रम्दै
आमाका ती
दन्त्य कथाका पात्र झैँ लाग्थ्यो ।
आफु कहिले परी त
कहिले राजकुमारी बनेर
हरियो पातलाई पैसा ठानिन्थ्यो खनखनी गनेर ।
यो संसार बाट अन्जान आफ्नो छुट्टै दुनियाँ हुन्थ्यो ।
साथिहरुसँगै रम्ने चाहना अनि बाहाना हुन्थ्यो ॥
आमाको पछ्यौरीमा लुटिपुटि गर्दै
केही पुगेन भने घुर्कि लगाउदैँ
साथीहरू सँग रम्दैँ रमाउदैँ
कति छिटै बितेछन् ।
त्यी दिनहरू सम्झदा रमाइलो लाग्छ
ति अमुल्य बालापनका क्षणहरु ।।
लेखक के.सी वन बिज्ञानमा अध्ययनरत छिन ।