२ करोड १० जनाले जागिर गुमाउने एजेन्सी अमेरिका, चैत २२
अमेरिकी बैंक मोर्गन स्टेनलीले कोरोना भाइरसका कारण अमेरिकाको अर्थतन्त्र सन् २०२० मा ५.५ प्रतिशतले खुम्चिने पूर्वानुमान गरेको छ।
उसले अमेरिकी अर्थतन्त्र सन् १९४६ पछि पहिलो पटक यसरी ओरालो लाग्ने जनाएको हो।
कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्र दोश्रो त्रैमासमा यसअघि अनुमान गरिए भन्दा ३८ प्रतिशतले कम हुने उसको अनुमान छ।
स्टेनलीले कोरोना भाइरसका कारण परेको असरलाई ध्यानमा दिदैं नयाँ आर्थिक पूर्वानुमान सार्वजनिक गर्ने क्रममा शुक्रबार यस्तो बताएको हो।
यसअघि उसले दोश्रो त्रैमासमा ३० प्रतिशत संकुचन हुने अनुमान गरेको थियो।
यसैगरी बैंकले अमेरिकी बेरोजगारीदर दोश्रो त्रैमासमा कीर्तिमानी रुपमा १५.७ प्रतिशतले वृद्धि हुने बताएको छ। यसअघि उसले बेरोजगारीदर १२.८ प्रतिशत हुने अनुमान गरेको थियो।
मोर्गन स्टेनलीले यस त्रैमासमा २ करोड १० जनाले जागिर गुमाउने मोर्गन स्टेनली जनाएको छ।