Tuesday, January 19, 2021
Home > mophosala > युवा ब्यबसायि राजेश भेटवालद्धारा राक्सिाराङका बिपन्नलाइ २ लाख सहयोग

युवा ब्यबसायि राजेश भेटवालद्धारा राक्सिाराङका बिपन्नलाइ २ लाख सहयोग

हेटौंडा÷ तरुण नेता ,युवा ब्यबसायि आरवी आरवान विल्डर्स एण्ड सप्लायर्स प्रालि हेटौंडा–५ का प्रवन्ध निर्देशक राजेश भेटावलले राक्सिाराङ  गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा दुईलाख रुपैयाँ सहयोग  गरेका छन  ।

कोरोना संक्रमणका कारण देश पुर्णरुपमा लकडाउनमा परेकाबेला गरीब तथा सिमान्कृत नागरीकहरुको दैनिकी जिवन निर्बाह तथा गुजरा गर्न समस्या परेको जानकारी पाएपछि भेटवालले गाउँपालिकालाई उनिहरुको जिवन सहजतामा टेवा पुराउन सहयोग गरेको बताए ।

केही दिन अघि गाउँपालिकाले गाउमा रहेका नागरिकमा दैनिकी जिवन यापनमा संकटको स्थिती  आएको भन्दै सहयोग गर्न सबैमा अपिल गरेको थियो । सोही अनुसार भेटवालले समाजीक उत्तरदाहित्व निर्बाह गरी सकेको रकम सहयोग गरेको भन्दै नागरीकको शुददुखमा आफु सधै सँगै रहदै आएको बताएका छन ।

गाउँपालिका अध्यक्ष राजुकुमार मल्ले लकडाउनका अवधि बढ्दा गाउँमा भोकमारीको अवस्था सिर्जना भइसकेको बताउँदै सहयोगको अपिल गरेका छन । उनका अनुसार दैनिक ज्यालामजदुरी गरेर खाने परिवारमा खाद्य संकट देखा परिसकेको छ । उनका अनुसार करिब १५ सय घरधुरी ज्यालामजदुरी गरेर दैनिक गुजारा गर्दै आइरहेको थिए । अध्यक्ष मल्लले राजेश भेटवालको सहयोग प्राप्त भएको पुष्टी गर्दै भेटवाल जस्तै मनकारी महानुभावहरुलाइ सहयोग गरीदिन अनुरोध गरेका छन ।

राक्सिाराङ गाउँपालिकामा अति सीमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको तथा मकवानपुरको पिछडीएको क्षेत्र हो ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply