Friday, January 22, 2021
Home > mophosala > कोरोनाको चेतना फैलाउदै मेयर प्रत्यासी ओझा- मेयर कहाँ छन लापत्ता ?

कोरोनाको चेतना फैलाउदै मेयर प्रत्यासी ओझा- मेयर कहाँ छन लापत्ता ?

काठमाडौं / नेपालमा कोरोनाको उच्च जोखिम भनेर सुदुर पश्चिम प्रदेश मानिदै आएको छ । भारतको विभिन्न ठाँउमा ज्यालादारी गरेर आफू र घरपरिवारलाई पाल्ने सुदुर पश्चिमका अधिकान्स मानिस भारतमा निर्भर छन ।

कोरोनाले भारत न नेपाल पुर्ण रुपमा लकडाउन भएको छ । ज्यालादारी गरेर स्वदेश फर्किएका नेपाली सिमानाकामा अप्ठ्यारोमा छन तर स्वदेश फर्काउने र उचित व्यवस्थापन गर्ने सरकारको कुनै छाटकाट छैन ।

यसबीच कंचनपुरको कृष्णपुर नगरपालिकामा मेयर प्रत्यासी हेमराज ओझा जनताको दैलोमा पुग्दै गरेका छन ।कोरोनाको त्रासबाट मुकुल पुर्ण रुपमा बन्द छ ।

चारैतिर अभाव भएको बेला कृष्णपुर नगरपालिका मेयर प्रत्यासी एव नेपालि कांग्रेस कंचनपुरका युवा नेता तथा महासमिति सदस्य ओझा आफ्नो नगरपालिका भित्र विभिन्न चेतनामूलक कार्यक्रम संचालन गर्दैछन ।

नगरपालिका भित्रका प्रत्येक टोल- टोलमा गएर आफुले सकेको सहयोग संगै जनचेतना फैलाइरहेका छन । “अप्ठ्यारो अवस्थामा नै हो हामिके सहयोग गर्ने- अहिले पुरैदेश लक्डाउनमा छ जनतामा त्रास फैलिएको छ, यसैबेला आफुले बुझेको सामान्य जनचेतना कार्यक्रम गरिरहेको ओझाले बताए ।

कृष्णपुर नगरपालिकाको ४ ढाया पिपल चौतारी र गुलरियामा लगायत कृष्णपुरका पुरै वार्ड मा हात धुने पानी ट्याक्की र साबुन लगायत बेवास्ता गरिएको छ ।

Leave a Reply