Friday, January 15, 2021
Home > mophosala > स्वास्थ्य सामग्री खरिद अनियमितताका दोषी दण्डित हुनुपर्छ; गगन थापा

स्वास्थ्य सामग्री खरिद अनियमितताका दोषी दण्डित हुनुपर्छ; गगन थापा

काठमान्डौ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका  प्रभाव सालि यूवा नेता तथा प्रतिनिधि सभा सांसद गगन थापाले स्वास्थ्य सामग्री खरिद अनियमितताका बारेमा दोषी दण्डित हुनुपर्ने बताएका छन्।

विश्व व्यापि महामारि कोभिड नाईन्टिन कोरोना महासंकटको बेला पनि स्वास्थ्य सामग्री खरिदमा घिनलाग्दोफ कृत्य भएकोले दोषी दण्डित नभएसम्म प्रश्न गर्न नछाड्न उनले सम्पुणमा आग्रह गरेका छन्।

‘महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य!,’      आफ्नो साजिक संन्जाल ट्वीटरमा बिहीबार ट्वीट गर्दै थापाले भनेका छन्, ‘स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौं।‘

उनले अनियमितताका बारेमा दिन ढल्यो कुरा विर्सियो गर्न नहुने पनि बताएका छन्। ‘दिन ढल्यो, कुरा विर्सियो हुन हामी कदापि दिने छैनौं,’ उनले भनेका छन्। सरकारले हालै चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न अनियमितता भएको खबरहरू आइरहेका छन्।

साथै चैत २५ गतेपछि कोरोनासँग जुध्ने रणनीति के हुन्छ भन्ने उनले प्रश्न गरेका छन्। ‘सरकार, चैत २५ पछिको हाम्रो रणनीति र योजना के छ?,’ उनले सोधेका छन्। सरकारले चैत २५ सम्म लकडाउन जारी राख्ने यसअघि नै घोषणा गरेको थियो।

Leave a Reply