अमेरिका। गैरआबासिय नेपाली संघ अमेरिका का उपाअध्यक्ष बुद्दि सुबेदीको पहल र अग्रतामा कोरोना रोकथामका उपकरणहरु वितरण गरियको छ।
सुबेदीले विश्वभर फैलियको कोभिड नाईन्टिन कोरोना को महामारिलाई मध्यनजर गर्दै अमेरिकाको न्यू वोर्क र न्यू जर्सिमा रहेका नेपाली समुदायलाई विभिन्न कोरोना न्युनिकरणका अति आबस्यक सामाग्रिहरु उपलब्ध गरायका हुन।
कोरोनाको त्रासबाट विश्वनै तहसनहस भयको वेला समाजसेवि सुबेदिले न्यू वोर्कका नेपाली समुदाय लाई ३०० पिस ग्लोव १०० पिस ट्यालिनोल १० पिस थर्ममीटर र न्यू जर्सिका नेपाली समुदाय लाई २०० पिस ग्लोव १०० पिस ट्यालिनोल ५ पिस थर्ममीटर उपलब्ध गरायको नेपाली जनसम्पर्क समिति अमेरिकाको विस्कनसिन च्याप्टर तदर्थ समितिका उप-सभापती राजकुमार हमालले पलपलखवरलाई जानकारि गराय।
सुबेदिले यो सामान्य सुरुवात गरेको र भईपरिआय अंज यो भन्दा प्रभावकारि सामाग्रि तथा विभित राहातका प्याकेज समेत प्रभावित नेपाली समुदायलाई उपलव्ध गराउने जानकारि समेत गराए।
उक्त कार्यक्रममा सुबेदिले भने यो कोरोनाको त्रासमा नरहन र आ आफ्नो स्थानमा रहि सेल्फ क्वारेन्टाईनमा रहन तथा विभिद सुरक्षाका सामाग्रि अथवा सरसफाईमा ध्यान दिन सम्पुण नेपाली समुदायलाई आग्रह समेत गरेका थिए।