Friday, January 22, 2021
Home > mophosala > कोरोना बाट आफ्ना मतदाता जोगाउन शाहीले वितरण गरे मास्क देखि राहात सम्म

कोरोना बाट आफ्ना मतदाता जोगाउन शाहीले वितरण गरे मास्क देखि राहात सम्म

जुम्ला । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुख तथा युवा नेता लक्ष्मण शाहीले जिल्लाको हिमागाउँपालिकामा सन्चालित विभिन्न स्थानका क्वारेन्टाईनहरुमा राहत वितरण गरेका छन्।

शाही स्थानीय निर्वाचनमा हिमा गाउँपालिका अध्यक्ष पदका लागि चुनावि अभियानमा जनता सामु मत माग्न गयका थिए। उनी आफ्नो चुनावि क्षेत्रमा निर्माण गरिएका चारवटा क्वारेन्टाइनमा पुगेर व्यक्तिगत खर्चमा रातह वितरण गरेको शाही निकट श्रोतले पलपलखवरलाई जानकारी दियो।

विश्व भरि त्रास फैलिएको कोभिड नाईनटिन कोरोना भाइरसबाट हाम्रो देश नेपाल अहिले लकडाउनको अवस्था छ। विश्वमा उक्त रोगबाट करिब ३० हजार भन्दा बढि मानिसले ज्यान गुमाइ सकेका छन्।

नेता शाहीले गाउँपालिकामा रहेका ४ वटा क्वारेन्टाईन स्थल, राहादेब मावि,मोफ्ला, कालिका मावि बड्की, भानु मावि पातरखोला,भैरब आधारभुत विद्यालय जोगीबाडामा पुगेर क्वारेन्टाईनमा रहेका दाजुभाईहरुलाई राहात उपलब्ध गराएका हुन।

शाहिले आफ्नो व्यक्तिगत तर्फबाट खाद्यान्न चामल, दाल, नुन, तेल, चिनी, चियापति, डिटोल साबुन, मास्कलगाएत सामग्री नेपाल शिक्षक संघ जुम्लाका अध्यक्ष गजबहादुर शाही, नेपाल शिक्षक संङ्गठनका केन्द्रीय सदस्य खम्बा शाही नेपाली कांग्रेस हिमा गाउँपालिकाका उपसभापति जयनाथ योगीलगाएत समाजसेवि, वुद्धिजिवीको उपस्थितिमा वितरण गरेका छन।’

कोरोना भाइरस मानिसबाट मानिसलाई सर्ने सरुवा रोग भएको कारण उक्त रोगबाट बच्न केही समयका लागि घरमै रहन जनतालाई नेता शाहीले आग्रह समेत गरेका छन्।

उनले आफ्नो सामाजिक सन्जाल फेसबुकमा लेखेका केही अंश यस्तो छ, ‘हाम्रो सनातनदेखि चलिआएको संस्कार अनुसार नै सबैलाई नमस्कार गर्दै भन्छु, कोरोना भाइरसलाई पराजित गर्नका लागि घरमै बसौं। खेलाचीं नगरौं। संसारलाई कोरोना भाइरसले कसरी भयावह बनाइरहेको छ भन्ने कुरा त कोरोना भाइरसको संक्रमणबाट प्रत्येक दिनको बढ्दो मृत्युदरले देखाएकै छ। हामी सबै सुरक्षित रहौं। यस दुःखको घडिमा सरकारको लकडाउनको पुर्ण पालना गरौं।’

रोजगारका लागि भारतमा गएका नेपालीहरु पछिल्लो समय भारतमा कोरोना फैलिएका कारण स्वदेश फर्केका छन्। भारतमा रहेको रोजगार छोडेर जुम्ला पुगेका जुम्लाबासीहरु अहिले विभिन्न समस्यासँग लडिरहेका छन्। उक्त जनताको दुःखमा केही सहयोग पुगोस् भनेर राहत वितरण गरिएको नेता शाहीले कर्णाली सन्देशलाई जानकारी दिए। केही समय पहिले नेता शाहीले जुम्लामा निःशुल्क मास्क पनि वितरण गरेका थिए।

Leave a Reply