Wednesday, January 27, 2021
Home > mophosala > राजकुमार ह्यारी र मेघनको सुरक्षा खर्च अमेरिकाले गर्दैन- ट्रम्प

राजकुमार ह्यारी र मेघनको सुरक्षा खर्च अमेरिकाले गर्दैन- ट्रम्प

अमेरिकासँग सुरक्षा स्रोत माग्ने योजनै छैन- ह्यारी

 एजेन्सी अमेरिका, चैत १७

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघनको सुरक्षाका लागि अमेरिकाले पैसा नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

बिबिसीका अनुसार राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटरमार्फत् क्यानडाबाट अमेरिका आउन लागेका यी दम्पत्तीको सुरक्षाका लागि अमेरिकाले खर्च नगर्ने बताएका हुन्।

‘म बेलायत र रानी एलिजावेथको साथी र ठूलो प्रशंसक हुँ। राजपदवी त्यागेका ह्यारी र मेघन स्थायी रूपमै क्यानडा बस्थे,’ उनले ट्विटरमा लेखेका छन्, ‘अहिले उनीहरूले अमेरिका आउन क्यानडा छाडेका छन्। अमेरिकाले उनीहरूको सुरक्षाको खर्च गर्ने छैन। त्यसको लागि उनीहरू आफैंले खर्च गर्नुपर्नेछ।’

ह्यारी र मेघनले भने अमेरिकासँग सुरक्षा स्रोत माग्ने कुनै योजना नै नभएको बताएका छन्।

‘अमेरिकी सरकारसँग सुरक्षा माग्ने हाम्रो कुनै योजना छैन,’ आइतबार ह्यारीका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘निजी खर्चमै सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको छ।’

ह्यारीको परिवारले यस वर्ष प्रायः जसो समय क्यानडामै बिताए। गत महिना क्यानडा सरकारले उनीहरूको पद परिवर्तन भएसँगै सुरक्षा दिन बन्द गर्ने निर्णय गरेको थियो। अहिले ट्रम्पले पनि सुरक्षा नदिने घोषणा गरेका हुन्।

 

Donald J. Trump

@realDonaldTrump

I am a great friend and admirer of the Queen & the United Kingdom. It was reported that Harry and Meghan, who left the Kingdom, would reside permanently in Canada. Now they have left Canada for the U.S. however, the U.S. will not pay for their security protection. They must pay!

168K people are talking about this

Leave a Reply