Monday, January 25, 2021
Home > mophosala > ल्याव टेक्निसियनहरुको सम्मानजनक तलव बृद्दी गर; मोति चामलिङ

ल्याव टेक्निसियनहरुको सम्मानजनक तलव बृद्दी गर; मोति चामलिङ

माइक्रोस्कोपिय सहारामा मेहनती ल्याब ट्याक्नेसियनहरुले स्लाइटमा एक एक रक्तकोष गन्ती गर्दै जांदा देखा पर्ने अस्वभाविक आकार र रंगहरुलाई नै कुनै नया भाइरस र ब्याक्टेरिया भन्दछन्।

यो नाङ्गो आंखाले देख्न असम्भव हुन्छ। शक्तिशाली माइक्रोस्कोप र सुबिधाजनक ल्याब परिक्षण स्थलमा मात्र अति सूक्ष्म यस्ता नया भाइरस ब्याक्टेरिया पहिचान गर्न सम्भव हुन्छ।

यो रक्तांशमा बाहेक (स्वाब) र्याल सिंगान र पिसाबमा समेत हेर्न मिल्छ। कुनै नया किटाणुले मानव शरिरलाई ध्वंस गरिरहेको छ भने यो रक्तपरिक्षणमा लुक्न छुप्न सक्तैन। दुधको दूध पानीको पानी छुट्टिइहाल्छ।

यसरी हानिकारक भाइरस ब्याक्टेरिया पत्ता लगाउने ल्याब ट्याक्निसियनहरु अक्सर जोखिममा हुन्छन्। उनिहरुले गन्ती गरि गरि अति ठूलो मेहनतले उपलब्ध गराएको बिबरणलाई आधार मानेर मेडिकल डक्टरले उचित औषधि सेवन गर्नका निम्ति बिरामिलाई पूर्जी दिने हो। वास्तविकैमा ल्याब टेक्निसियन बिनाको चिकित्सा प्रणाली कल्पना नगरे हुन्छ।

नोबल कोरोना जस्तो घातक भाइरस पत्ता लगाउन खटिरहेका मुलुकभरका सबै ल्याब टेक्निसियनहरुलाई उचित PPE उपलब्ध नगराइ काममा धकेल्नु अपराध हो। राज्यको स्वास्थ्य बिभागले तेसो गर्नु हुदैन।

प्राइभेट अस्पतालहरुमा समेत PPE को उचित प्रबन्ध मिलाइदिए सायद यो महाबिपत्तिमा उनिहरुले अस्पतालको ढोका बन्द नगर्लान। PPE बिना कोरोना परिक्षणमा खट्नु भनेको ढाल बिना तरवार मात्र उज्याएर शत्रुको घाँटी गिंड्ने मूर्खता हो।

यस्तो कमजोरी भूलेर पनि गर्नु हुदैन। देशका ल्याब टेक्निसियन चाहे सरकारी अस्पताल होस कि निजि क्षेत्रका होस, सम्पूर्णका लागि जीवन रक्षाको ग्यारेण्टी हुन पर्छ। त्यति मात्र होइन अहिलेसम्मको वेतन स्केल हेर्दा सन्तोषजनक पनि छैन।

ल्याव टेक्निसियनहरुको तलव समेत सम्मानजनक बृद्दी गर्नु पर्छ। यो महामारिसंग लड्ने हो परन्तु लडिरहदा सबै स्वास्थ्य कर्मिहरुलाई सुरक्षा र सम्मानको भावना पनि संगसंगै जागृत गराउन आवश्यक छ। जय नेपाल।

# समाज सेवि दानविर तथा मोनकारि व्याक्तित्व मोति चामलिङ वि पि अध्ययन प्रतिष्ठान हङकङका अध्यक्ष समेत हुन।

Leave a Reply