Tuesday, January 19, 2021
Home > mophosala > सरकारको लकडाउन घोराही सिमेन्टलाइ नलाग्ने नै हो? (हेर्नुहोस भिडियो)

सरकारको लकडाउन घोराही सिमेन्टलाइ नलाग्ने नै हो? (हेर्नुहोस भिडियो)

चैत १६ ,दाङ स्थीत घोराही सिमेन्ट उद्दोग प्रा.लि.ले सरकारले घोषणा गरेको लकडाउन अबधिमा समेत काम सुचारु गरेको भन्दै सरकारको नियम घोराही सिमेन्टलाइ लागु नहुने हो भन्दै स्थानियहरुले प्रश्न गरेका छन ।

पलपल खबरको सम्पर्कमा आएका उनिहरुले नेपाली केही कामदारलाइ मात्र बिदा दिएर भारतिय र अन्य केही नेपाली कामदारहरुलाइ कामै लगाइ उद्दोग सञ्चालन गरीरहेको भन्दै आपत्ती जनाए । सरकारको नियम सबैलाइ लागु हुनुपर्ने किन घोराही सिमेन्टले अटेरी गरेको हो आफुहरुले नबुझेको उनिहरुको भनाइ छ । सामाजिक सञ्जालमा समेत यस्को बिरोध भइरहेको छ ।

स्थानिहरुले महमारीको रोकथामका लागी सरकारले सबै भिडभाड कम गर्न लकडाउन भनेपनि घोराही सिमेन्टले अटेरी गरेको भन्दै प्रशासनको समेत स्पष्ट भुमिका नदेखीएको आरोप लगाए । आफुहरुले प्रहरीलाइ बारम्बार भनेपनि केही सुनुवाइ नगरेको घोराही सिमेन्टमा काम गर्ने एकजना कामदारले पलपल खबरलाइ बताए ।
यसबारे सम्बन्धित ठाउमा बुझन खोज्दा सम्पर्क हुन सकेन ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply