केशब खड्का
तिमि
बिस्तारमा पल्टेर टिभिका च्यानल फेर्दै गर्दा
म पोहोर साल नउम्रिएको टिमुरको बिजको पत्र केलाइरहेको हुन्छु ।
उता ‘इएर फोन’ लगाएर ‘आइ पड’ मा आफुलाई मन पर्ने गीत सुन्दै गर्दा तिमी
म
यता जवानिमै सुकेको सिसौको रुख नियाल्दै मृत्यु कारण खोजिरहेको हुन्छु ।
महंगा रेस्टुरेन्टमा बसेर तिमी ‘स्ट्र’ फेर्दै ‘कोल्ड ड्रिंक्स’ पिउदै गर्दा
म
दुर दराजको वस्तीमा चाउचाउको झोलको भरमा वन समबृद्धीको बयान छाटिरहेको हुन्छु ।
तिमि
साथीहरुसंग ‘मल्टी फ्लेक्स’ सिनेमा घर मा ‘ब्लक बस्टर’ सिनेमा हेरिरहदा
म
भख्खरै मृग मारेर फरार भएको अपराधीको पिछा गरीरहेको हुन्छु।
तिमी
आफ्ना आफन्तको जन्मदिनको उत्सव मनाइरहेकी बेला
म
वन महत्व दर्शाउन वन समुहको साधारण सभामा पुगेको हुन्छु ।
तिमी
आफ्नो बार्षिक परिक्षाको ‘रुटिन’ बिर्सेर फोनमा मलाइ सोधिरहेको बेला
म
मेरो क्षेत्रका २०० वटा वन समुहमा रहेका प्रत्यक वन प्रजातीहरु याद गरिराखेको हुन्छु ।
तिमि
हिन्दि सिरियलको कुनै पात्रको मृत्युमा दुख मनाउ गरिरहेको बेला
म
मेरो बिरामी च्याखुरा निको तुल्याएर पुन जङगलमै छाड्न लागेको खुशीमा मग्न हुन्छु ।
त्यसैले
यो मेरो देखावटी व्यस्तता होइन सत्यता हो।
किनकी
तिम्ले र मैले हिड्ने बाटो अलग छ
तिम्रो र मेरो जीवन दर्शनको पाटो अलग छ ।
… लेखक खड्का पलपलखबर खबर संवादाता हुन