काठमान्डौ । राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। राष्ट्रिय सभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो।
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ।
संक्रमणको जोखिमलाई हेरेर बैठक स्थगित गरिएको संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।
यसअघि बिहीबारको राष्ट्रिय सभा बैठक सदस्यहरूको ज्वरो नापेरमात्र सञ्चालन गरिएको थियो।
प्रतिनिधि सभाको पनि आजै बस्ने भनिएको बैठक एक साताका लागि सारिएको छ। अर्को बैठक १३ गते बस्नेछ।