Tuesday, January 26, 2021
Home > mophosala > कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै श्रीलङ्काद्वारा निर्वाचन स्थगित

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै श्रीलङ्काद्वारा निर्वाचन स्थगित

एजेन्सी कोलम्बो, चैत ७

कोरोना भाइरसको संक्रमण विश्वव्यापी बन्दै गर्दा श्रीलङ्काले आगामी महिनाका लागि तय गरेको संसदीय निर्वाचनलाई अनिश्चितकालका लागि स्थगित गरेको छ।

सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि तत्कालका लागि निर्वाचनलाई स्थगित गर्ने निर्णय लिएको अधिकारीले बताएका छन्।

‘विश्व स्वास्थ्य संगठनले श्रीलङ्कालाई भोलि कोरोना भाइरसको संक्रमणको खतरा नरहेको बताएपनि हामीले निर्वाचनलाई तोकिएको समय (अप्रिल २५) मा सम्पन्न गर्न सक्दैनौँ,’ निर्वाचन आयोगका प्रमुख महिन्दा देशाप्रियाले बिहीबार बताए।

‘निर्वाचन मे, जुन वा जुलाईमा कहिले गर्ने भन्ने बिषय कोरोनाभाइरस संक्रमण फैलिने क्रम कहिलेसम्म जारी रहन्छ भन्ने बिषयमा निर्भर रहन्छ’, उनले भने।

श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आगामी निर्वाचनमा आफ्नो दलले दुई तिहाई बहुमतका साथ संसदमा आउने विश्वाससहित यसबाट आफुलाई थप शक्तिशाली बनाउन सविधान संशोधनको अपेक्षा गरिरहेका अनुमानहरू स्थानीय राजनीतिक विश्लेषकहरूले बताएका छन्।

कोरोना भाइरसका कारण विश्वव्यापी सन्त्रास फैलिएपनि श्रीलङ्कामा भने यसको संक्रमण पुष्टि भएका ५३ व्यक्ति मात्र रहेका छन्।

सरकारले यो हप्तादेखि दुई साताका लागि अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको छ।

Leave a Reply