Friday, January 22, 2021
Home > mophosala > नेविसंघद्धारा सञ्चालित गरिव विद्यार्थी लक्षीत निशुल्क एसइइ कोचिङ कक्षा समापन

नेविसंघद्धारा सञ्चालित गरिव विद्यार्थी लक्षीत निशुल्क एसइइ कोचिङ कक्षा समापन

दोलखा । नेपाल विद्यार्थीसंघ दोलखाले बर्षेनी सञ्चालन गर्दै आएको एसइइ कोचिङ कक्षा अन्तगरगत यस वर्षको निशुल्क कोचिङ समापन भएको छ ।

१० वर्षे शसस्त्र द्धन्दका बेला तत्कालिन माओवादीले तरुण दल जिरिका नेता हेमन्त प्रधानको निर्मम पूर्वक हत्या गरेपछि उनको सम्झनामा नेविसंघले वर्षेनी कोचिङ कक्षा सञ्चालन गर्दै आएको छ ।

निशुल्क एसइइ कोचिङ कक्षा विशेष गरी आर्थिक स्थिति कमजोर, गरिव जेहेन्दा भएका विद्यार्थीहरुका लागि लक्षीत रहेको छ । अग्रेजी, गणित र विज्ञानको पढाइ हुने यस वर्षको निशुल्क कोचिङमा एक सय २० जना विद्यार्थी सहभागी थिए ।

२०६२ साल देखि निरन्तर १४ वर्षसम्म सञ्चाल हुँदै आएको कोचिङ कक्षामा यो वर्षसम्म १० हजार विद्यार्थीले सहभागी जनाइसकेको नेविसंघ दोलखाले जनाएको छ ।
कोचिङ कक्षाको समापन कार्यक्रममा निशुल्क एसइइ कोचिङ कक्षाका शिक्षक र विद्यार्थी नेताहरुलाई सम्मान समेत गरेका थिए ।

कार्यक्रममा कांग्रेस दोलखाका नेताहरु इश्वर नारायण मानन्धर, राकेश श्रेष्ठ, बाबुकाजी बस्नेत, बालकृष्ण आचार्य, गिता शिवाकोटी, दीपशंकर चौलागाइ, राजन बस्नेत, राजेन्द्र श्रेष्ठ, शेरफ मोक्तान लगाएतले मन्तव्य राखेका थिए ।

Leave a Reply