काठमान्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भात्री संगठन नेपाल दरुण दलका महासचिव भुपेन्द्र जंग शाही संगठन सुधार तथा कार्यकर्ता भेटधाटमा पश्चिमनेपालको नेपालगन्ज हुँदै बर्दिया पुगेका छन्।
आज विहान काठमान्डौ बाट नेपालगंज पुगेका शाहीले नेपालगंजमा पार्टिका नेता कार्यकर्ता तथा भात्रीसंगठनका सहयात्रीहरुलाई भेटघाट गर्दै बर्दियातिर लागेका हुन्।
केही दिन अघिमात्र एक हप्ता मधेसका केही जिल्लाहरु पुगेर फर्केका शाही पुन पश्चिमनेपाल तिर लागेका छन। संगठन सुदृढिकरण तथा आसन्न पार्टिको महाधिवेशन लाई लक्षित गर्दै शाहीले पछिल्लो समय देशदौडाहा नै गर्ने बतायका छन्।
आसन्न पार्टिको महाधिवेशनका विभित नेता कार्यक्रतामा रहेका कौतुहल्ता मेटाउन अथवा महाधिवेशन चुस्त दुरुस्त बनाउन र तोकेकै समयमा सम्पन्न गराउन शाही देश दौडाहा शुभारस्भ भयको हुन सक्ने शाहीका एक सहकर्मीले पलपलखवरलाई जानकारी दिए।
बर्दिया हुँदै पश्चिमनेपालका विभिन्न जिल्लाहरुमा पुग्ने शाही संगै दौडाहामा रहेका सहकर्मि तथा ने वि संध कालिकोटका कार्यवाहक अध्यक्ष जगत बिष्टले जानकारी दिए।