Tuesday, January 19, 2021
Home > special_three > बरालका आँखामा वन महानिर्देशकका चुनैतिहरु

बरालका आँखामा वन महानिर्देशकका चुनैतिहरु

  दीपक बराल

                                                                महानिर्देशक मनवहादुर खडका

नेपालको वन संरक्षण र व्यवस्थापनको प्रमुख जिम्मेवारी सहित वि.सं. २००८ सालमा वन विभागको स्थापना भएको हो । साविकमा वन विभाग अन्तर्गत रहेका जिल्ला वन कार्यालयहरु देशमा संघियताको कार्यान्वयन सँगै प्रदेश अन्तर्गतको निकायमा समाहित भएको छ भने हाल कायम भएका डिभिजन वन कार्यालयहरु वन विभागसँगको प्रत्यक्ष सम्वन्ध टुटेको छ । यस्तैमा हाल सालै वन तथा वातावरण मन्त्रालयका सह सचिव मनवहादुर खडका वन तथा भूसंरक्षण विभागको महानिर्देशकको रुपमा आएका छन । उनलाई विगत देखी नै कमान्ड एण्ड अर्डरको पृष्ठभूमि बोकेका र वन क्षेत्रको जरा देखी पुप्पो सम्म बुझेका व्यक्तीका रुपमा चिनिन्छन ।  उनी जून दिन देखी महानिर्देशकको भुमिकामा छन् । यस समय वन क्षेत्र आन्तरिक र बाह्य समस्याले थिलथिलो छ । अहिले विभिन्न कारणले गर्दा सिंगो वन विभागका (साविकका वन तथा भुसंरक्षण मन्त्रालयका कर्मचारीहरू) कर्मचारीहरू संघ मातहत आउन चाहि रहेका छन् ।  फिल्डमा रहदा उनीहरुले निर्वाह गर्नुपर्ने भूमिकाका आधारमा अर्ध न्यायिक निकायको हिसावले समेत कामकाजमा बाधा प’गेको छ । वन विभागका मातहत कर्मचारीलाइ कम्तीमा पनि डिभिजन वन अधिकृतहरुलाई संघ मातहत ल्याउनुपर्ने परिस्थीति एकातिर छ भने संविधान तथा समायोजन ऐनले वन क्षेत्रलाई पूर्णरुपमा संघमा ल्याउन कठिनाई उत्पन्न गराएको छ ।

हाल सालै निर्मित वन ऐन, २०७६ ले डिभिजन वन अधिकृतलाई नेपाल सरकारले खटाउने व्यवस्था गरेको भएता पनि वन ऐनमा भएको सो व्यवस्था कार्यान्वयन नगर्दा वन तथा वातावरण मन्त्रालयले सिंगो वन संगठनलाई नदीको मझदारसम्म पुर्याएको मात्र जस्तो भान हुन्छ ।  न उनीहरु अघि बढ्न सेकेकाछन् न पछाडी हट्नै सकेका छन् । यो परिस्थितीमा पदभार सम्हाल्न पुगेका वन महानिर्देशक समक्ष मन्त्री र सचिवलाई विश्वासमा जित्दै घरको मुल थामोको रुपमा बलियो सारथी बन्नु छ । वन क्षेत्रमा कर्मचारीको खस्केको मनोवल उच्च समेत पार्नु छ ।  वन क्षेत्रमा अख्तियार दुरुपयोग अनुषन्धान आयोगको फन्दामा एकपछि अर्को कर्मचारी परिरहेको अवस्थामा समग्र वन क्षेत्रमा सुशासन कायम गराउनु छ ।

वैज्ञानिक वन व्यवस्थापनले सिगो वनको मात्र नभइ टिम्वरको व्यवस्थापन मात्र गर्यो भन्ने आरोपलाई नीतिगत तहबाटै चिर्नु छ ।  वन क्षेत्रलाई समृद्धिको आधारका ?पमा विकास गर्दै काठको बाह्य आयातलाई रोक्नु पनि विभागीय प्रमुखको जिम्वेवारी बहन गर्नु छ । मन्त्री र सचिव विचको सम्वन्ध थप सुमधुर वनाउन प’लको काम पनि गर्नु छ । वन क्षेत्रका सव डिभिजन वन कार्यालयहरु भवन, यातायात, कम्प्युटर, प्रिन्टजस्ता अत्याबश्यक सुविधाको अभावमा हात फैलाइरहेका तिनलाई विभाग हुनुको औचित्य पुष्टि गर्नु छ ।

सरुवा वढुवामा प्रदेसस्तरमा देखिएका खिचातानी तथा अनियमितताहरूलाई नितीगत ?पमा विभागीय हैसियतमा समन्वयकारी, हस्तक्षेपकारी लगायतको भूमिकाबाट पूर्वानुमान योग्य थिती बसाल्नु छ । त्यसैगरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निती, नेपाल पक्ष भएर गरेका सन्धी सम्झौता, साइटिस कार्यान्यवन लगायतका विषयमा पनि संघ, प्रदेश र स्थानिय निकायविच बजेट खर्च नहुने, बेरुजु जस्ता समस्याहरु सुल्झ्याउन तथा अतिक्रमण हटाउन थप वन क्षेत्र अतिक्रमण हुन नदिन तथा रोक्न, ठूला अतिक्रमण रोक्न पहल कदमी हुनु पनी आबश्यक छ ।

वन डढेलो तथा अन्य विविध कारणले प्रकतिक स्रोतको चरम दोहन भैरहेकाले त्यसर्फपनि व्यवस्थित वनाउने जिम्वेवारी समेत रहेको छ ।

त्यसैगरी संघ मातहत रहेका वन रक्षकहरुको हातहतियार चलाउने विषयमा पनि संघ र प्रदेश विचको समन्वय कसरी गराउने तर्फपनि ध्यान जानु जरुरी छ ।  त्यसैगरी देशका ७ वटा प्रदेशमा ७ खालका वन नीती छन् । यी सवै नीतिलाइ  समन्वय गर्दै समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने अवस्था पनि आइपरेको छ ।  अहिले अधिकाश वन क्षेत्रमा विकास निमार्णका बाटोदखि भवन निमार्ण लगायतका विकासे प’र्वाधारहरू  वनाउने होड चलेको छ . राष्ट्रिय  वन क्षेत्रमा हुने तथा वन क्षेत्र हड्प्नेहरुबाट कसरी जोगाउने पनि ठूलो चूनैति छ  ।

त्यसैगरि कम्प्यूटर समेत चलाउन नसक्ने तथा हुकुम प्रमाङ्गीको भरमा जागरि खाएकाहरुलाई साथमा हिडाएर आधुनीक प्रविधीमैत्रि तथा जनताका समस्या बुझ्ने, समाधान हुने समस्याको रुपमा वन तथा भू संरक्षण विभागलाई चिनाउनु छ  ।  ४५ प्रतिशत वन क्षेत्र हुने तर यसको कुल ग्राहस्थ उत्पादनमा यति योगदान गर्यो भन्न नसकिएको परिस्थीतीमा नीति, कार्यक्रम, योजना बजेटको तारतम्यता तथा तिनीहरुको प्रगतिको आवधिक रिपोर्टिङलाइ चुस्तदुरुस्त बाउनु छ ।

भू तथा जलाधार व्यवस्थापनको क्षेत्रमा गर्नूपर्ने काम धेरै तर नया सांगठानीक ठाँचामा थोरै बजेटमा धेरै कार्यहरु गर्नुपर्ने छ । चूरे संरक्षणको नसूल्झिएको दर्घिकालीन समस्या उस्तै छ ।

हेर्नुहोस त, प्राय सुनसान देखिने विभागले समस्याको चांङबाट आफुलाई समस्या भित्रैबाट कसरी समाधानको दीगो मार्ग पहिल्याउने हो । कतव्र्यनिष्ठ, जुझारु, इमान्दार र आफुले सम्हालेका जिम्वेवारीमा चीर स्थायी सकारात्क छाप छोड्नु सफल सहसचिव खड्काले महानिर्देशक रुपमा आफूलाई सही सतीसाल वनाउन सक्लान या कार्मकाण्डी भूमकिा मै समिति रहलान यो प्रतिक्षको विषय हो ।

                                                                           – (लेखक दीपक बराल  हिमालय टाइम्स दैनिकमा कार्यरत छन् )

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply