Saturday, January 23, 2021
Home > mophosala > कोरोना भाइरसबाट इरानमा एकै दिन ८५ को मृत्यु

कोरोना भाइरसबाट इरानमा एकै दिन ८५ को मृत्यु

एजेन्सी इरान, चैत १

मध्यपूर्वमा कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित भनेको इरानमा सोका संक्रमणबाट कारण थप ८५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार योसँगै इरानमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको छ।

इरानले एकै ठाउँमा एकै दिन यति धेरै बिरामीको मृत्यु भएको पनि पहिलो पटक भएको जनाएका छन्।

इरानमा पछिल्लो एकै दिनमा एक हजार २८९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। योसँगै कूल सङ्क्रमितको सङ्ख्या ११ हजार ३६४ पुगेको छ।

Leave a Reply