Tuesday, January 19, 2021
Home > mophosala > चीनमा बिरामी क्वारेन्टाइनमा राखिएको होटल भत्किँदा ४ जनाको मृत्यु, ३० अझै भित्रै

चीनमा बिरामी क्वारेन्टाइनमा राखिएको होटल भत्किँदा ४ जनाको मृत्यु, ३० अझै भित्रै

एजेन्सी वुहान, फागुन २५

चीनको दक्षिणी सहर कोनजाउमा गएराति एक क्वारेन्टाइन होटल भत्किँदा चार जनाको मृत्यु भएको छ। तीस जना भन्दा बढी मानिस अझैं पुरिएका छन्।

८० भन्दा बढी मानिस पुरिएकोमा आइतबार बिहान साढे दश बजेसम्म ३८ जनाको उद्दार गरिएको छ। अहिले घटनास्थलमा सय भन्दा बढी अग्निनियन्त्रक र चिकित्सक पुगिसकेका छन्।

सिन्ह्वाका अनुसार अहिले प्रहरीले उक्त सिनजिया होटलका मालिकलाई घटनाबारे अनुसन्धान गरिरहेको छ।

उक्त होटललाई कोरोनाभाइरस प्रभावित क्षेत्रबाट फर्केका मानिसहरूलाई राख्न क्वारेन्टाइनस्थलको रूपमा प्रयोग गरिएको थियो।

Leave a Reply