Tuesday, January 26, 2021
Home > mophosala > राधा आचार्य “अधिकारी को कविता ” नारी दिवस ” योद्धा हुन ” नारी “

राधा आचार्य “अधिकारी को कविता ” नारी दिवस ” योद्धा हुन ” नारी “

तर …..
जुन नाङ्गो शरीर माथी
तिम्रो भोको पेट माथी ,
अनि तिम्रो भत्किएको
माटोको छानो माथी
मात्र राजनितिको
खेल सुरु हुन्छ ,,

जहाँ तिमी चिसो
बोराको ओछ्यान मा
लडबडिएर
पल्टिरहेको बेला
ठुला ठुला बहस हुन्छन अरे !
हो मैले सुनेकी छु ,
मैले देखेकी छु
ठुला ठुला सहर
का महलहरुमा
हिडने गोस्टिले
तिमिलाइ गि्ज्याएको ,,
अनि तिम्रो आङ्ग
छोप्ने साहरा च्यातिदिएको ,,

एक छाक मीठो खुवाउने
आसमा तिम्रो सरिरलाई
छिया छिया हुनेगरी
तहस नहस गरिदिएको ,,
हो मैले देखेकी छु
तिम्रो हजुर आमाले
भान्सा कुरि कयौ
रात दिन बिताएको ,
छोराछोरिहरुलाई
शिक्षित बनाउन ,
आफ्नै आत्माको बलिदान
चढाएको
,समाज र आफ्नाको
इज्जत लुकाउदै शरीर
भरी निलडाम हुने गरि
चोट लुकाएर
खोच्याउदै गाग्रो घिसारेको ,,
, हरेक पिडाभित्र
आफू छोपिएर मर्यादाको
सिमा कहिलै पार नगरि
ती छोराछोरिको
पखेटा बनिदिएको ,,
एउटि नारी सङ्घर्सको
काडामाथी टेकेर
हरेक पीडा लुकाउदै
मुस्कुराएको ,
तर मैले कहिलै
देखिन ती छोराछोरिको
सपना टुटन दिएको ,
आफ्नो आत्मसम्मान
लुटन दिएको ,
कहि सुन्ने गरि्न
” नारी दिबस “”
हुन्छ
कहि देखिन ,
कहिल्यै उनको
पनि मन रुन्छ ,
ती एक “आदर्श नारी ”
तिमी पनि त एक
नारिकै कोख बाट
जन्मिएको हैनर?
तेहि नारिको पेट्भित्र
बल्झिएको पीडा याद गरिनौ है ?
के सम्भब छ ………
यहाँ नारी बिना ,
कहाँ हुन्थ्यो सृष्टि नारी बिना ,
एक आमा
एक छोरी
एक श्रीमती
एक बुहारी
एक सासू ,
अनि
दिदिबहिनी के देख्यौ फरक ?
अहं म त देख्दिन ।
हो तिमिहरु सत्तामा बसेर
खो्क्रो भासण भुक्ने हरु ,
एक पटक ती
नाङ्गिएकी नारिलाइ हेर त
एक पटक हेरत ती
रगताम्य भएकी दुधे बालिकालाई
तिमिहरुलाइ
आफ्नै आमा अनि
आफ्नै छोरिको झल्कोले पोल्दैन है ?
तर बिडम्बना !

शिक्षिति नारी
अनि पुरुष को दमन बाट
पिल्सिएका कयौं
ती निमुखा नारी
अत्याचार को दम खेपेर
न्याय को भिक माग्दै चुपचाप
बस्ने अनि सहनशीलताको
उच्च पदक सम्हालेर
बस्ने ती नारी साच्चिकै महान छिन ,
हो उनी जिन्दगी जितेकी
“नारी “हुन जहाँ जस्तै
अभाब र दमन सङ्ग जुदेकी नारी हुन ,
कठोर समस्यालाइ
जिन्दगी बनाएकी
नारी हुन लैङिक
समानताका लागि लडन सिकेकी नारी हुन ,
समान सोच
राख्ने महान नारी हुन ।
तेसैले त उनी “योद्धा नारि “हुन ।

राधा आचार्य “अधिकारी ”
अर्घाखाँची सितगंगा ३ हाल काठमाडौं ।

# उनी एक सफल व्यावसायी तथा कुशल सममज सेवि एवं सक्षम महिलाको रुपमा समाजमा परिचित एक महान कवि पनि हुन।

Leave a Reply