Sunday, January 24, 2021
Home > mophosala > तिलागुफालाई काँग्रेसको ७ दिने अल्टिमेटम

तिलागुफालाई काँग्रेसको ७ दिने अल्टिमेटम

नगर उपप्रमूख र प्रमूख प्रशासकियय अधिकृतको खोजी

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकालाई काँग्रेसले सात दिने अल्टिमेटम दिएको छ । झण्डै छ महिनादेखी सम्पर्क बिहीन नगरउपप्रमूख दन्ता नेपाली र चार महिनादेखी बिदामा गएका प्रमूख प्रशासकिय अधिकृत उद्धवप्रसाद रिजालको खोजी गर्दै कांग्रेसले सात दिने अल्टिमेटम दिएको हो ।

नगरपालिकाको न्यायिक समितिकी संयोजक, अनुमन समितिकी संयोजक समेतको भुमीकामा रहेकी दन्ता नेपाली गत असोजदेखी सम्पर्क बिहिन छन् । नगरपालिका महासंघको गोष्ठिमा भागी लिन एक हप्ताका लागि अमेरिका गएकी उपप्रमूख नेपाली स्वदेश फर्किनन् । बिरामी भएको बाहाना गरेर एक हप्ताको गोष्ठिमा गएकी उपप्रमूख नेपाली उतै लुकेर बसेकी छन् । तत्कालिन नेकपा माओबादी केन्द्रबाट बिजयी उपप्रमूख हाल तिलागगुफा नगरपालिका, उनको पाटी नेकपा कसैसंग पनि सम्पर्कमा छैनन् । जसका कारण तिलागुफा नगरपालिकामा न्यायिक समिति नेतृत्व बिहिन छ । योजनाको अनुगमन तथा उपप्रमूखबाट हुने अन्य कामहरु पुर्ण रुपमा ठप्प छन् ।

यस्तै गत मंसिर २० गते श्रीमति बिरामी भनेर १५ दिनको बिदामा गएका तिलागुफा नगरपालिकाका प्रमूख प्रशासकिय अधिकृत उद्धवप्रसाद रिजाल पनि फर्किएनन् । उनी हाल संघिय मामिला तथा सामान्य मन्त्रालयमा हाजिर भईसकेको जानकारी पाएको तिलागुफा नगरपालिका वडा नं. ५ का अध्यक्ष टिकाराम न्यौपानेने बताए । उनका अनुसार करीव एक हप्ता अगाडी सामान्य प्रशासन मन्त्रालयले तिलागुफा नगरपालिका प्रमूख प्रशासकिय अधिकृत उप सचिव केशवप्रसाद पौडेलको नाम तोकी पठाएको थियो । तर नाम लेखेको चिठी आयो, मान्छे आउनु भएन् । उहाँ पनि बिदा स्वीकृत गरेर घरमा बसेको र सकेसम्म नआउने सोचमा रहेको जानकारी पाएको उनको भनाई छ । तिलागुफा नगरपालिका शिक्षा समितिका सदस्य कृष्ण न्यौपानेले नगरमा उपप्रमूख र प्रमूख प्रशासकिय अधिकृत नहुँदा बिकास निर्माण र आर्थिक तथा प्रशासनिक काम ठप्प भएको बताए । उनले जनताको मत लिएर उपप्रमूख बनेकी दन्ता अमेरिका लुक्नु र १५ दिन बिदा गएका प्रमूख प्रशासकिय अधिकृत नफर्किनुले नगरको सबै कामहरु प्रभावित भएको बताए ।

नगरपालिकालाई कांग्रेसको ७ दिने अल्टिमेटम

नेपाली कांग्रेस तिलागुफाले नगरपालिका प्रमूख रतनबहादुर शाहीलाई सात दिने अल्टिमेटम दिएको छ । नगरपालिकाकी उपप्रमूख र प्रमुख प्रशासकिय अधिकृतको खोजी गरी नागरिकलाई प्रदान गर्नुपर्ने सेवा सुविधाहरु सहज रुपमा प्रदान गर्न माग गर्दै ७ दिने अल्टिमेटम दिएको हो ।

नेपाली कांग्रेस कालिकोटका उपसभापती तथा तिलागुफा नगरपालिकाका उम्मेद्धार संकरप्रसाद उपाध्यायको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाउदै सात दिनभित्र समस्या समाधान गर्न अल्टिमेटम दिएको हो । नगरपालिकामा आयोजित बिरोध सभामा ज्ञापनपत्र बुझाउदै उपसभापती उपाध्यायले जनताको जनमतको अपमान हुने गरी नगरपालिका उपप्रमूख अमेरिका लुक्नु लोकतन्त्र र संघियता प्रतिकै खतरा भएको बताए । उनले भने, हाम्रो उपप्रमूख अमेरीका किन लुकिन । नगर प्रमूखले खोजी गरेको खै त । १५ दिन बिदामा गएका प्रमूख प्रशासकिय अधिकृत कहाँ जानुभयो । कतिपय योजनाको उपभोक्ता समिति पनि गठन भएको छैन् । कतिपय उपभोक्ताहरुले काम सम्पन्नन गर्दा भुक्तानी पाएका छैन्् । न्यायिक समितिको काम शुन्य छ । हामी ७ दिनेको समय दिन्छौँ । नगरपालिका उप प्रमूख र प्रमुख प्रशासकिय अधिकृत नगरपालिकामा उपस्थित भएर जनाताको काम अगाडी नबढे हामी चरणबद्ध आन्दोलन गछौँ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मनराज शाहीले नगरपालिका उपप्रमूख दन्ता नेपाली अमेरीका लुकेर जनमतको अपमान गरेको बताए । उनले भने, नगरपालिका उपप्रमुखले जनताको जनमत तिला नदीमा बगाईन् । यहाँका नागरिकहरुले ठुलो आशा गरेर उनलाई मत दिएका थिए । यहाँको समस्या, विकास निर्माण र तिलागुफावासीको भबिश्य माथि खेलबाड भयो । कित उपप्रमूखको राजीनामा आउनु पर्छ । कित उनलाई पार्टीले कारबाही गर्नुपर्छ । तिलागुफा नगरपालिका प्रमूख र नेकपाले पनि यस बिषयलाई चासो दिएनन् । अब काँग्रेसले आन्दोलन थाल्छ । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य मीनबहादुर बोगटीले स्थथानिय सरकारदेखी बर्तमान संघिय सरकारसम्म काण्डै काण्डमा फसेको बताए । उनले हरेक मुलुकका परिवर्तनहरु कांग्रेसको नेतृत्वमा हुँदै आएको स्मरण्ण गर्दै यो जनमत पुन उल्टीने दाबी गरे । कार्यक्रममा कांग्रेस नेता अम्मबहादर शाही लगायतका नेताहरुले तिलागुफा नगरपालिकाको समस्या समाधानका लागि नगरपालिका प्रमूखलाई उचित पहल लिन आग्रह गरे । उनीहरुले कसैको व्यक्तिगत चाहानाले सिंगो नगरपालिकालाई बन्धक बनाउन नहुने बताए ।

Leave a Reply