क्यानाडा । अन्तराष्ट्रिय रंगाशाला निर्माणमा सहयोगको लागी नेपाली जन सम्पर्क समिती क्यानाडा द्धारा सेन्टि भाइरस फिल्मी प्रदर्शन गर्दै।
चितवनमा जनस्तरबाट निर्माण भईरहेको किक्रेट रंगशालाको निर्माण सहयोगार्थ नेपाली जन सम्पर्क समिति क्यानाडा द्धारा यहाँका विभिन्न शहर हरुमा नेपाली कथानाक चलीचत्र पदर्शन गर्ने भएको छ ।
सुबिहानी प्रा. लि. को प्रस्तुतिमा निर्माता डिन्डु लामाद्धारा निर्मित यस चलचित्रमा धुर्मुस सुन्तली तथा नेपाल का ख्याती प्राप्त बुद्धिमाना तामाङ्ग (हैट), दहयाङ्ग राई, विल्सन बिक्रम राई तथा अज्य हास्य कलाकारहरुको बजोड प्रस्तुती रहको छ ।
चलचित्रमा देशमा पछिल्लो पटक बिकसित राजनितक,सामाजिक तथा सािंस्कृतिक बिचलनको घट्नाक्रम लाई बिशेष बिषय बस्तुको रुपमा चित्रण गरीएको छ ।
राजनिती ले बैवाहिक जीवन र घरमा ल्याउने द्धन्दको कथा यस फिल्म ले पेश गर्दछ । पति र पत्नी भित्र राजनितीक दलमा हुदा भैपरी आउन घर झगडा फिल्मको मुख्य कथा बस्तु हो ।
क्यानाडामा प्रर्दशनका लागी तयारीमा रहको यस चलचित्र बाट संकलित रकम क्यानाडामा रहेको एक मात्र नेपाली किक्रेट टिम र जन स्तर बाट बनाउन लागीएको अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माणका लागी सहयोग गरीने नेपाली जन सम्पर्क समिती क्यानाडाका सभापनि बुद्धि प्रकाश वली ले बताउनु भयो ।
जन सम्पर्क समिती क्यानाडा ले यस अघि पनि विभिन्न सांगितक तथा रचनात्मक कार्यक्रम बाट संकलीत रकम नेपालका विभीन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
साथै चलचित्र सेन्टिभाईरस लाई क्यानाडाका विभन्नि संघ संस्था एन आर एन ए, एन सी एन सी, एन पी आर सी प्रवासि मंच ,लाली गुराँस क्लब किक्रेट क्लब मगरसंघ तमु धिं कास्की समाज राप्ती समाज बाग्लुङ्ग समाज नेपाली मन्दिर नेपाली हाउस उधोगी व्यापारी लब्ध प्रतिस्ठित व्यक्ति तथा सम्पूर्ण नेपाली समाज का दाजु भाई तथा दिदी बहिनी हरुलाई सो चलचित्र अवलोकन गरी यो महान तथा पुण्य कार्यमा सरीक हुनका लागी नेपाली जन सम्पर्क समिती क्यानडाका सभापति बुद्धि प्रकाश वली द्धारा आव्हान गर्नु भएको छ ।